पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई एमाले बाँकेको बधाई
Tuesday, December 17th, 2024, 7:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ पुष
नेकपा एमाले बाँकेले नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेको छ । पार्टी कार्यालय नेपालगन्जमा मंगलबार आयोजित एक कार्यक्रमका बीच केन्द्र, प्रदेश र जिल्लामा नवनिर्वाचित पदाधिकारी एवम् पार्षदलाई अबिर र खादा लगाएर बधाई ज्ञापन गरिएको हो ।
कार्यबहाक जिल्ला अध्यक्ष रत्न खत्रीको अध्यक्षता एवम् केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज शान्ति ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, सचिव गोविन्द शर्मा, सदस्य निर्मल आचार्य तथा जिल्ला अध्यक्ष नवीन गिरी लगायत सम्पूर्ण जिल्ला कार्यसमिति एवम् पार्षदलाई सम्मान गरिएको थियो । त्यस अवसरमा केन्द्रिय सदस्यद्वय पशुपतिदयाल मिश्र र मोहम्मद हारुन, जिल्ला उपसचिव किशोर थापा, बरिष्ठ पत्रकार शिव डोटेल लगायतले बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख आतिथि ढकालले पत्रकारिताको मर्यादालाई उँचो बनाउने गरी काम गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरिन् । उनले निष्पक्ष पत्रकारितामा जोड दिइन् । कार्यबहाक जिल्ला अध्यक्ष खत्रीले नेपाली पत्रकारिता प्रतिकूल अवस्थामा रहेको चर्चा गर्दै अनुकूलतामा बदल्न पर्यत्न गर्नुपर्नेमा जोड दिए ।
उनले स्वस्थ पत्रकारिता अहिलेको आवश्यकता रहेको बताए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाईले नेपाल पत्रकार महासंघको गरिमा बढाउन दृढ रहेको बताए । बरिष्ठ पत्रकार डोटेलले नयाँ प्रविधि र पत्रकारिताको लयलाई ध्यान दिन आवश्यक रहेको बताए ।