युरो बेबी जोन स्कुलले मनायो हजुरबुबा–हजुरआमा दिवस
Sunday, December 22nd, 2024, 8:16 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ पुस
नेपालगन्जको युरो बेबी जोन स्कुलले हजुरबुबा–हजुरआमा दिवस मनाएको छ । नौं वर्ष अघि स्थापना भएको युरो बेबी जोन स्कुलले शिक्षण विधिमा नयाँ अभ्यास गर्दै आएको छ ।
शनिबार स्कुलले आयोजना गरेको दिवसमा विद्यार्थीहरुले विभिन्न प्रस्तुती देखाउनु भएको थियो भने अभिभावकहरुबिच विभिन्न खेलमा प्रतिस्पर्धा भएका थिए । कार्यक्रममा करिब २ सय जनाको सहभागिता रहेको थियो ।
युरो बेबी जोन स्कुलको संचालक समिति अध्यक्ष वामदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा एनप्याब्सनका केन्द्रिय सदस्य श्याम बहादुर कुवँर, अभिभावकको तर्फबाट विशिष्ट अतिथी डा. रमेश श्रेष्ठ, लुट बहादुर श्रेष्ठ, विशेष अतिथीको रुपमा युरो स्कुल कोहलपुरका जेम्स मुर्मु, युरो बेबी जोन स्कुल नेपालगन्जको प्रिन्सिपल निर्जला महर्जन लगायतले सहभागिता रहेको थियो ।
दिवसको अवसरमा विद्यार्थीहरुले तयार गरेको विभिन्न सामाग्री प्रदर्शनीमा राखिएको थियो भने विद्यार्थीहरुले विभिन्न नृत्य, नाटक, गीत प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको अवसरमा शिक्षिका एवम सहयोगी दिदीहरुलाई सम्मान गरिएको थियो ।
यसैगरी दिवसका अवसरमा शनिबार भएको कार्यक्रममा अभिभावक हजुरबुबा–हजुरआमाहरुबिच विभिन्न खेलमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता अन्तर्गत सेटिङ रबरमा रमा वाग्ले, हेन्की पिकिङमा लोकेन्द्र विसी, कटन इन द ग्लासमा थुन्ची थारु, स्पुनीङ चकलेटमा गोमा शर्मा, वलुन ब्यालेन्समा डा. विनोद कर्ण विजेता बन्नु भएको थियो ।