लामो समय सत्ता सम्हाल्ने जापानका प्रधानमन्त्री बन्दै सिन्जो आवेले नयाँ रेकर्ड कायम गरे
Monday, August 24th, 2020, 2:12 pm
amit
एजेन्सी, ८ भदौ । जापानको इतिहासमा जापानका प्रधानमन्त्री सिन्जो आवे लगातार लामो समय प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति भएका छन् । पहिलो र दोश्रो कार्यकाल गरि आबेले सत्ता सम्हालेको आज २७९९ दिन पुगेको छ ।
आबे, पूर्व प्रधानमन्त्री सातोउ एइसाकुको २७९८ दिन सत्ता सम्हालेको रेकर्ड तोड्दै जापानको इतिहासमा सबै भन्दा लामो समय प्रधानमन्त्री बनेको रेकर्ड बनाउन सफल भएका हुन् । पहिलो पटक प्रधानमन्त्री हुदाको समय पनि जोड्ने हो भने आबेले कुल ३१६५ (आज सम्म) दिन शासन सम्हालेका छन् ।यस अघि २७९८ दिन सत्ता सम्हालेका सातोउ एइसाकुले कार्यकाल पुरा नहुदै १९७२ को जुन महिनामा राजीनामा दिएका थिए ।
१९८२ सालमा बिदेश मन्त्रिको सचिब भएका बर्तमान प्रधानमन्त्री सिन्जो आबे १९९३ सालमा पहिलो पटक प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका थिए । त्यस यता क्याबिनेट उपसचिव, उपमहासचिव हुँदै २००६ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । पहिलो पटक १ बर्ष मात्रै कार्यभार सम्हालेका आबे २०१२ मा निर्वाचित हुँदै फेरी प्रधानमन्त्री बनेका थिए ।
२०१७ सालमा आबे सरकारले संसदमा पेश गरेको आर्थिक बिधेयक पारित हुन नसकेपछि संसद भङ्ग गर्दै नयाँ निवार्चनको घोषणा गरियो । संसद भङ्ग पछि भएको चुनावमा आबेको पार्टी लिबरल डेमोक्र्याटिक पार्टीले बहुमत प्राप्त गरेपछि आबेनै फेरी प्रधानमन्त्री बनेका थिए । त्यस पछि लिबरल डेमोक्र्याटिक पार्टी लगातार सत्तामा छ भने आबेले सरकारको नेतृत्व गर्दै नयाँ ईतिहास लेखाउन सफल भएका हुन ।
संचार माध्यमहरुले गरेका बिष्लेशणका अनुसार प्रधानमन्त्री आबेको कार्यकाल अर्को बर्ष सेप्टेम्बरमा सकिदैछ । तर उनको १ बर्षको बाँकी कार्यकाल झन् चुनौतीपूर्ण देखिन्छ । कोरोनाको माहामारिले थला परेको अर्थतन्त्रलाई लयमा ल्याउने र सत्ताबाट बाहिरिनुपुर्ब टोकियो ओलम्पिक सम्पन्न गर्ने जिम्मेवारी उनकै काधमा भएकाले पनि उनको १ बर्षको कार्यकाल चुनौतीपूर्ण रहेको छ ।
यसैबिच स्वास्थ्यमा समस्या देखिए पछि प्रधानमन्त्री आबेले आज दोश्रो पटक चेक जाँचका लागि अस्पाताल पुगेर फर्किएका छन । अस्पातलबाट फर्कने समयमा पत्रकारहरु सँग कुरा गर्दै आबेले आफु अघिल्लो हप्ताको रिपोर्टका बिषयमा डिटेल्स बुझ्न आएको प्रतिकृया दिएका छन । उनी करिब ३ घण्टा भन्दा बढी अस्पातालमा बसेको समाचारमा जनाइएको छ ।