नेपालगन्जमा सार्वजनिक गरियो फोटोनको ‘माउन्टेन ईभी भ्यान’
Monday, December 30th, 2024, 3:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ पुस
फोटोन नेपालले नेपालगन्जमा आफ्नो परिवर्तनकारी माउन्टेन ईभी भ्यानको अनावरण गरेको छ । नेपालका लागि फोटोनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि र फोटोनको लागि बाँके बर्दियाको आधिकारिक डिलर वेस्टर्न अटो सेन्टरले भ्यान सार्वजनिक गरेको हो ।
विशेष गरी नेपालको चुनौतिपूर्ण भूभागको सामना गर्न डिजाइन गरिएको यस माउन्टेन ईभी भ्यानमा ५३.५८ ‘केडब्लुएच’ ब्याट्री रहेको छ जसले ३०० किलोमिटर सम्मको दायरा प्रदान गर्दछ । १ सय ३० केडब्लुएचको चरम शक्ति र ३ सय ३० एनएमको अधिकतम टर्क भएको यो ईभी भिरालो बाटाहरुमा पनि सजिलैसँग यात्रा गर्नेगरी बनाइएको छ । उकालोमा ब्रेक लाग्दा अटो होल्ड हुने, स्मार्ट पार्किङ, हिल होल्ड कन्टोल लगायतका विषेशताहरू रहेका छन् ।
यसैगरी सो गाडी दुईवटा मोडमा चलाउन सकिन्छ । ईको र पावर मोडमा सो गाडी चलाउन सकिन्छ । उक्त गाडीको वारेन्टी ५ वर्ष वा ३ लाख किलोमिटर रहेको कम्पनीले जनाएको छ । १४ सिट भएको भ्यानको ५८ लाख ९९ हजार र १५ सिट भएको भ्यानको ५७ लाख ४९ हजार रुपैयाँ मुल्य रहेको कम्पनीले जनाएको छ । उद्घाटनको अवसरमा फोटोन नेपालले एक हप्तासम्म बुकिङ गर्नेहरूलाई नगद २ लाख छुट र ५५ इन्चको स्मार्ट टिभी उपहार दिने घोषणा पनि गरेको छ ।
माउन्टेन ईभी भ्यानको लंचिङ अगाडी फोटोन नेपालले सुर्खेत रोड, मिलननगर,नेपालगन्ज वडा–२० आफ्नो नयाँ शोरुम वेस्टर्न अटो सेन्टरको पनि उद्घाटन गरेको छ ।
एमएडब्लु वृद्धी ग्रुपका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता, वेस्टर्न अटो सेन्टरका प्रबन्ध निर्देशक विवेक कुमार श्रेष्ठ र नेपालगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले संयुक्त रूपमा शोरुमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा ग्राहकको सुविधा र सहायता अझ बढाउनको लागि संचालित फोटोन सर्भिस सेन्टरको पनि उद्घाटन गरिएको छ । दुवै कार्यक्रमको सञ्चालन समिर मान श्रेष्ठले गर्नु भएको थियो ।

………..
माउन्टेन ईभी भ्यान नेपालगन्ज जस्ता शहरहरूमा स्कूल यातायात, सरकारी फ्लीट र कर्मचारी सटलहरू सहित विभिन्न कार्यहरूमा प्रयोगहरूको लागि उपयुक्त छ । १४ र १६ सिटको कन्फिगरेसन, फराकिलो भित्री भाग र विलासी डिजाइनको साथमा यसले दैनिक र लामो यात्रा दुवैको लागि सहज र प्रभावकारी यातायात प्रदान गर्ने कम्पनीले जनाएको छ ।
माउन्टेन इभी भ्यान सार्वजनिक कार्यक्रममा एमएडब्लु वृद्धिका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता , सेल्स हेड नवीन आचार्य, आफ्टर सर्भिस हेड जयन्त बस्नेत, मार्केटिङ हेड प्रकाश सुवेदी, म्यानेजर विशाल दाहाल, रिजनल म्यानेजर विक्रम बोहरा, बाँकेका विभिन्न यातायात व्यवसायी समितिका पदाधिकारी तथा सदस्यहरु, बैंकर्स, उद्योगी व्यवसायी तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।