साकार कृषि सहकारीको अभिमुखिकरण कार्यक्रम सम्पन्न
Tuesday, December 31st, 2024, 6:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ पुस
साकार कृषि सहकारी संस्था लिमिटेडले सहकारीको नवनिर्वाचित संचालक समितिका पदाधिकारी, लेखा समिति लगायतलाई सहभागि गराउँदैं दुई दिने अभिमुखिकरण कार्यक्रम गरेको छ ।नेपालगन्जमा भएको अभिमुखिकरण कार्यक्रम साकार कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हुमा शंकर वलीको अध्यक्षतामा भएको थियो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ चिलरियामा मुख्य कार्यालय रहेको सहकारीको गत पुस ३ गते भएको १३औं साधारणसभाले वलीको नेतृत्वमा नयाँ संचालक समिति चयन गरेको थियो ।
मंगलबार सम्पन्न अभिमुखिकरण कार्यक्रममा संचालक समितिका पदाधिकारी,लेखा समिति, लेखासुपरिवेक्षण समिति, कर्जा उपसमिति र सेवा केन्द्रका संयोजक गरी २० जनाको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा नेप्कसुन बाँकेका शाखाका प्रमुख छत्र धमलाले सहकारीको ऐन, नियम, संचालक तथा लेखा समितिको काम, कर्तव्य र अधिकारीको बारेमा अभिमुखिकरण गर्नु भएको थियो ।
साकार कृषि सहकारी संस्था लिमिटेडका मुख्य व्यवस्थापक जमान सिंह वलीले संस्थाको आन्तरिक कार्यविधि, संस्थाको १५ वर्षिय रणनिति, संस्थाले प्रदान गर्ने सेवा सुविधाको बारेमा सहजीकरण गर्नु भएको थियो । यसैगरी साकार कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक भरत बहादुर खत्रीले आर्थिक वर्षको बजेट तथा कार्यक्रम, नीतिहरुको बारेमा सहजीकरण गर्नु भएको थियो ।
……….
नवनिर्वाचित साकार कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष वलीले संस्थाका सबै संचालक, लेखा, सेयर सदस्यले सक्रिय भएर कार्य गरेमा संस्थाले सधै सफलता हासिल गर्दै शिर्ष स्थानमा रही रहने बताउनु भएको थियो ।