सामाजिक परिक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
Tuesday, December 31st, 2024, 10:50 pm
Kalpristha
पहल केसी
नेपालगन्ज, १६ पुस
आईएनएफ नेपाल साईनिंग अस्पताल–बा“केले सामाजिक परिक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरेको छ ।
मंगलबार नेपालगन्जमा एक कार्यक्रम गरी अस्पतालले जिल्लास्थित सरोकारवाला निकायहरुको उल्लेखिय सहभागितामा बैठक सम्पन्न गरेको हो । अस्पतालका प्रमुख मंगल बहादुर थारुले गत आ.व.२०८०÷०८१अ मा भए गरेका काम प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सन १९९६ मा नेपालगञ्ज टि.वि. रेफरल केन्द्रको नामबाट आफ्नो सेवा सुरु गरि हाल जानकी गाउ“पालिका वडा नं. ३ स्थित साईनिंग अस्पताल आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरि पश्चिम नेपाल र त्यसका आस्पासको क्षेत्रका कुृष्ठरोगीहरुको उपचारमा सेवा प्रदान आएको छ ।
अस्पतालले चालु आर्थिक वर्षमा १ सय ४६ जना नया“ कुष्ठरोगी निदान गरी कुष्ठरोगको उपचारको लागि निज विरामीहरुकै नजिकको स्वास्थ्य केन्द्रमा पठाईएको छ । स्वास्थ्य परिक्षण गर्दा बा“के कुष्ठरोगको उच्च जोखिममा रहेको छ । सबैभन्दा बढी अर्थात ८४ जनालाई कुष्ठरोग पुष्टि भएको छ । त्यस्तै बर्दियामा २४, भारतबाट आएका २१, सुर्खेत १, दैलेख ४, र रोल्पाका ५ जनाई कुष्ठरोगको किटानुहरु पोजिटिभ भएको भेटिएको थियो । कृष्ठरोग समयमै पहिचान गरी औषधि सेवन गर्दा निको हुने रोग हो र यसलाई वेवास्ता गर्दा मानिसलाई अंगभंग सहित अपांगता समेत बनाउने गर्दछ । अस्पतालले विरामीहरुको अपांगता पहिचान गर्न नियमित रुपमा नशाको कार्यक्षमताको जा“च गर्ने गर्दछ । यो जा“च गत वर्ष सबै विरामीलाई गरी १ हजार ८० पटक गरिएको थियो । अस्पतालले आफ्नै सुविधा सम्पन्न भवनबाट विरामीको उपचार तथा स्याहारको लागि हरसम्भवका सुविधा प्रदान गर्दै आएको छ ।
गत आ.व.मा अस्पतालले बहिरंग सेवा मार्फत १७ हजार २ सय ६५ जना सेवाग्राहीलाई सेवा प्रदान गरेको छ भने अन्तरंग सेवा मार्फत १ सय २२ जनालाई भर्ना गरी सेवा प्रदान गरेको छ । अस्पतालले गरेको प्रयोगशाला परिक्षणमा कुष्ठरोग निदान सम्बन्धी स्लीट स्कीन स्मीएर जा“च ८ सय ३८ र अन्य प्रयोशाला परिक्षण ११ हजार ३ सय १८ वटा रहेको थियो ।
सामाजिक परिक्षण प्रतिवेदनमा अस्पतालले आयव्यय प्रतिवेदन पेश गरेको थियो सो प्रतिवेदन अनुसार लक्ष्य भन्दा प्रगति धेरै भएको छ । काम गर्दै र विरामीहरुलाई सेवा गर्दै जादा आम्दानी कारोबार भन्दा खर्च बढेको अस्पतालका प्रमुख थारुले जानकारी दिनुभयो । गत आ.व.मा अस्पतालले ४ करोड ४७ लाख ९३ हजार ९ सय ९४ रुपैया कार्यखर्च लक्ष्य भएता पनि रु ४ करोड ५२ लाख ८ हजार २ सय ४८ रुपैया खर्च गरिएको छ ।
त्यस्तै अस्पतालले चालु आ.व.मा विभिन्न काम गर्ने लक्ष्य सहित आफ्ना योजना सार्वजानिक गरेको छ । कुष्ठरोग निवारणमा आईएनएफ नेपाल र साईनिंग अस्पतालले पश्चिम नेपालका विभिन्न जिल्लाका ग्रामिण भेगहरुमा सक्रिय रुपमा काम गर्दै आएको छ ।
कार्यक्रममा जिल्ला समुन्वय समिति बा“केका प्रमुख नरेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, भेरी अस्पतालका प्रमुख डा. निराजन सुवेदी, स्वास्थ्य कार्यलय बा“केका प्रमुख अंगद बहादुर शाही, नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, नेपाल पत्रकार महासंघ बा“के शाखा प्रमुख नविन गिरी, खजुरा गापा स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी, जानकी गापा स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना तथा आईएनएफ नेपाल बा“के र साईनिंग अस्पताल बा“केमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुलगायतको सहभागिता रहेको थियो । उपस्थित सम्पूर्णलाई आईएनएफ नेपाल बाँके शाखा प्रशासन प्रमुख नरेन्द्र साउदले स्वागत र सामाजिक लेखापरीक्षणको सहजिकरण भेषराज बस्नेतले गर्नु भएको थियो ।