कालपृष्ठकर्मी आचार्य सम्मानित
Wednesday, January 8th, 2025, 6:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, २४ पुस
कोहलपुर नगर प्याब्सनले ३४ औं स्थापना दिवसका अवसरमा कालपृष्ठ दैनिकका वरिष्ठ समाचारदाता एवम् रेडियो कोहलपुर एफएमका सञ्जारकर्मी निर्मल आचार्य सम्मानित हुनुभएको छ । उहाँलाई स्व. हरिप्रसाद रावत प्याब्सन शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो ।
यस अवसरमा आचार्यलाई प्रमाणपत्र र नगद पुरस्कार सहित सम्मानित गरिएको छ । आचार्यलाई सम्मान प्रदान गर्दै प्याब्सनका पदाधिकारीहरूले पत्रकारितामा गरेको योगदानका लागि बधाई तथा सम्मान व्यक्त गरे ।
आचार्यको मेहनत र समर्पणले प्याब्सनको मान्यता र सम्मानलाई अझ उच्च बनाएको व्याब्सनकर्मीले उल्लेख गरे । आचार्यको कार्यशैली र रेडियो कोहलपुरको माध्यमबाट सञ्चार क्षेत्रमा पुर्याएको प्रभावलाई उच्च मूल्याङ्कन गरिएको भनिएको छ ।
त्यसैगरी, स्व.हरिप्रसाद रावत प्याब्सन शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित हुने अन्य पत्रकारहरूमा प्रमोद रिजाल र प्रदिव वाग्ले पनि सम्मानित हुनुभयो । यी दुई पत्रकारलाई पनि नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मानित गरिएको छ ।
प्याब्सनको स्थापना दिवसको कार्यक्रमले पत्रकारिता र शिक्षाबीचको महत्वपूर्ण सम्बन्धलाई उजागर गर्दै समाजको समग्र उन्नतिको लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाइएको छ ।