शाहको जन्म जयन्ती : श्रद्धाञ्जली सभा तथा मोटरसाइकल र्याली
Saturday, January 11th, 2025, 8:42 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ पुस
राष्ट्र निर्माता श्री ५ बडा महाराज धिराज पृथ्वी नारायण शाहको ३०३ औं जन्म जयन्ती एवंम राष्ट्रिय एकता दिवस नेपालगन्जमा विविध कार्यक्रम गरि मनाइएको छ ।
दिवसको अवसरमा बिद्वत परिषद बाँके, नेपाल शिवसेना लगायत समूह संगठनले श्रद्धान्जी सभा एवं मोटरसाईकल र्याली जस्ता कार्यक्रम गरेका हुन् ।
परिषद बाँकेका अध्यक्ष अधिवक्ता दिपक बहादुर सिंहको अध्यक्षता तथा वरिष्ठ अधिवक्ता इन्द्रजीत तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हनुमानगढी मन्दिर हनुमत गौशाला नेपालगन्जका अध्यक्ष सुदिप भट्टराई, परिषदका बिरेन्द्र प्रसाद शर्मा, वरिष्ठ पत्रकार मणिलाल, काली मन्दिर मानपुरका काली बाबालगायतको उपस्थिति रहेको थियो ।

………….
कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ अधिवक्ता तिवारीले इतिहासको बारेमा वर्णन गर्नुभएको थियो । कार्यक्रममा शाहको फोटोमा माल्यार्पण तथा अबिर लगाइएको थियो भने सो पश्चात शाहको जीवनी, संघर्ष, नेपाल राज्य निर्माण गर्दाको बिजयी यात्रा, नेपाल राज्यको एकिकरण र हालको राजनीतिमाथि चर्चा गरिएको थियो ।
पषिदका शर्माले मन्तब्य राख्नुभएको कार्यक्रममा हनुमत गौशालाका अध्यक्ष भट्टराईले चर्चा परिचर्चा गर्नुभएको थियो । यस्तै नेपाल शिवसेनाले नेपालगन्जमा मोटरसाइकल र्याली निकालेको थियो । नेपालगन्जको बागेश्वरी मन्दिरस्थित पार्कबाट सुरु भएको र्याली न्युरोड, पुस्पलाल चोक, कारकाँदो चोक, पुन पुस्पलाल चोक, धम्बोजी चोक, बिपि चोक हुँदै त्रिभुवन चोक पुगेर कोणसभा तथा जन्मजयन्ती सभामा परिणत भएको थियो ।