भृकुटी सहकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न
Saturday, January 11th, 2025, 8:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ पुस
भृकुटी बहुउद्देश्यी सहकारी संस्था लि.को १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष गजेन्द्रमान पतिको सभापतित्वमामा १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सहकारीको बहुउद्देश्यी क्षेत्रमा बा“केमा काम गर्दै आएको यो सहकारीले ग्रामीण क्षेत्रका आफ्ना सदस्यहरुको जिविको पार्जनमा साना साना बचत कारोबारबाट टेवा पुर्याउदै आएको छ ।
सभामा अध्यक्ष पतिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार आ.व. २०१/१ मा कुल ८१ लाख ५ हजार रुपैया शेयर पुंजी बनाएको छ । त्यस्तै गत आ.व.मा १२ करोड २३ लाख ६२ हजार रुपैया कुल निक्षेप संकलन गरेको छ । भने ८ करोढ ३० लाख ९३ हजार ८ सय ९१ रुपैया कर्जा लगानी गरेको छ ।
रु १ करोड ७४ लाख ८१ हजार २ सय ८० रुपैया ०५ पैसा नाफा कमाएको यो सहकारीले १ करोड ९१ ला ३० हजार ४ सय ९५ रुपैया ६९ पैसा खर्ज गरेको छ । आम्दानीबाट जोखिम कोषमा सार्नु पर्ने बाध्य व्यवस्था रहेको अध्यक्ष पतिको दावी गर्नुभयो ।
संस्थाको वार्षिक कारोबारको लेखा जोखाको लेखा परिक्षण बा“केको राई एण्ड कम्पनीले गरेको छ । सम्पन्न कार्यक्रमको सभा संचालन संस्थाका सचिव सरला विष्टले गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक पूर्व उप निर्देशक तथा वरिष्ठ समाज सेवी निल बहादुर शाक्यको प्रमुख आथित्यता रहेको थियो भने जिल्ला सहकारी संघ लि. बा“केका कार्यत्रकारी प्रमुख नवराज उपाध्याय, राष्ट्रिय सहकारी बैंक नेपालगञ्ज शाखा प्रमुख प्रकाश थपिलया, नेपालगञ्ज उपमहानगरपालिका सहकारी महाशाखा प्रतिनीधि अमर चिडिमार लगायतले बाल्नु भएको थियो ।
प्रमुख उपाध्यायले सहकारीको कर्जा नतिर्न अभियान नै संचलान गरेका केही समूहहरुलाई लक्षित गर्दै यो देशकै दुर्भाग्य भएको बताउनु भयो ।