बर्दियाको गेरुवामा मनाइयो राष्ट्रिय योग दिवस
Wednesday, January 15th, 2025, 7:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, २ पुस
बर्दियाको गेरुवामा १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ । योग दिवसको अवसरमा साताव्यापी अन्तरक्रिया कार्यक्रम गरिएको छ । गेरुवा गाउँपालिका मनाउ आयुर्वेद औषधालय गेरुवा–६ पर्सेनीपुरको आयोजानामा कार्यक्रममा भएको थियो ।
स्वस्थ समाज समृद नेपाल र विश्व शान्तिका लागी योग आदर्श वाक्य सहित आयोजना गरिएको कार्यक्रम गेरुवा गाउँपालिका वडा नम्बर ६ अध्यक्ष कृष्ण गोपाल चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा समाजसेवी, उद्योगी, राजनितिक दलका प्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक–शिक्षिकाहरु, विभिन्न संघ, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रतिपादित अष्टाङ योग तथा योगको माध्यमबाट हाल समाजमा भएको शारीरिक निस्क्रीयताबाट उत्पन्न हुने कुराहरु, नसर्ने रोगलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बारेमा चर्चा गरिएको थियो ।
अन्तरक्रियामा शारीरिक आरोग्यता स्वस्थ जीवन शैली, व्यायाम, ध्यान, सद्मार्ग तथा रोग प्रतिरोधात्मकबाट बच्नेको लागि दैनिक जीवनमा योग अपरिहार्य रहेको वक्ताहरुले बताउनु भएको थियो । कार्यक्रमको सहजीकरण डा. सन्देश अधिकारीले गर्नु भएको थियो । कार्यक्रमको अवसरमा राष्ट्रिय योग दिवसको अवसरमा गेरुवा गाउँपालिकाका सबै वडाहरुमा भएका गतिविधि, योग केन्द्रहरु तथा विद्यालयहरुमा भएका सप्ताहव्यापी कार्यक्रम, योगाभ्यास लगायतको बारेमा औषधालयका प्रमुख डा. शिवराज सुवेदीले बताउनु भएको थियो ।