खजुरामा ‘तेस्रो डम्बर रानाभाट स्मृती कप–२०८१’ सुरु
Saturday, January 25th, 2025, 9:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १२ माघ
बाँकेको खजुरामा ‘तेस्रो डम्बर रानाभाट स्मृति कप–२०८१’ सुरु भएको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिकले शनिबार एक समारोहकाबीच उद्घाटन गरेपछि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन शत्रलाई सम्बोधन गर्दै अध्यक्ष बिकले धौलागिरी क्षेत्र हरेक क्षेत्रमा अगाडी रहेको बताउनुभयो । रानाको स्मृतिमा प्रतियोगिता हुनुले परिवारमा हौसला प्रदान हुने धारणा राख्नुभएको थियो ।
गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले प्रतियोगितालाई अनुशासित भएर सफल बनाउन सबैलाई अनुरोध गर्नुभयो । खेलले मानिसलाई धैर्यता महसुस गराउने भन्दै खेल मैदानका लागि बिगतमा गरिएको पहल तथा सहयोग स्मरण गर्नुभएको थियो ।

……….
गाउँपालिका अध्यक्ष बिक, उपाध्यक्ष मल्ल, वडा नम्बर ३ का अध्यक्ष पुर्ण बहादुर भण्डारी, आयोजक क्लबका पदाधिकारी, रानाको परिवारलगायतको उपस्थितिमा प्रतियोगिताको उद्घाटन गरिएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक हिमालय क्लब ए बिजयी भएको छ ।
राप्ती एफसीविच भएको प्रतिस्पर्धामा निर्धारित समयमा कुनै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा हिमालय ए ले ५–४ को नतिजाले खेल आफ्नो पक्षमा पारेको थियो । आयोजक हिमालय सामुदायिक क्लबका सचिव जिवन कार्कीका अनुसार आइतबार दुइ वटा खेलहरु सञ्चालन हुने छन् ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ६० हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ३५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफिको पाउने छन् । प्रतियोगिता संचालनका लागि खजुरा गाउँपालिकाले २ लाख र बाँकी विभिन्न दाताहरुबाट व्यवस्थापन गरिएको हिमालय सामुदायिक क्लबका अध्यक्ष किरण थापाले बताउनुभयो । प्रतियोगिताको फाईनल माघ १९ गते हुनेछ ।