निवर्तमान वडा अध्यक्षको दादागिरी, तालको बाँधमा टहरा निर्माण
Sunday, January 26th, 2025, 8:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, १३ माघ
पुर्व वडा अध्यक्षले दादागिरी शैलीमा बढैयातालको बाँधमा टहरा बनाएर होटेल निर्माण गर्न थालेका छन् । माघ १५ गते देखि २५ गतेसम्म हुने महोत्सवलाई लक्षित गरेर अध्यक्षले होटेल निर्माण गर्न लागेका हुन् ।
सोधपुछ वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष कार्ण बहादुर थापाले आफ्नो नभएर महोत्सव आयोजकले बसोबास गर्न टहरा बनाउन लागेको बताउनुभयो । उहाँले यसअघि पनि तालमा रहेको पिकनिक स्पोटको ठेक्का पाएर तालको बाँधमा टिकट काउन्टरको नामा होटेल सञ्चालन गर्नुभएको थियो ।
पिकनिक स्पोटमा टिकट काउन्टर हुदाँ हुँदै दादागिरी मानसायले होटेल सञ्चालनका लागि टहरा निर्माण गर्नुभएको स्थानीय बताउँछन् । यता बाँधमा कुनैपनि व्यक्ति वा संस्थाले ताल परिसरभित्र पारेर घर टहरा निर्माण गर्न नपाउने बढैयाताल गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तुलाराम थारूले बताउनुभयो ।
उता महोत्सव सञ्चालनका लागि तालको बाँधमा कुनै टहरा निर्माण नगरेको थारू काल्याणकारिणी सभाका केन्द्रीय पारसद लल्लु राम थारूले बताउनुभयो । व्यवसाय गर्नका लागि यसरी कुनैपनि मानिसले टहरा निर्माण गर्न नपाउने उहाँले बताउनुभयो ।
आफ्नो मानोमानी गर्दै ताल परिसरमा टहरा निर्माण कार्य पालिका र वडाले तत्काल नरोके गाँउका मानिसहरूले अन्य टहरा निर्माण गर्ने बढैया गाँउका युवा राकेश चौधरीले बताउनुभयो । उहाँले महोत्सलाई विफल पार्न अस्थाई होटेल सञ्चालनबिरुद्ध पुरै गाउँ त्यसको अवरोधमा लाग्ने बताउनुभयो ।
ताल वरिपरि पहिला भएको संरचना बाहेक ५ सय मिटरभित्र कुनैपनि संरचना निर्माण गर्न नपाउने लिखित सम्झौता भएको मेलाका ठेकेदार अर्जुन ओलीले बताउनुभयो । निवर्तमान वडा अध्यक्ष थापाले सञ्चालन गर्दै आएको होटेल सिमसारको नाममा होटेल सञ्चालन गर्न लाग्नुभएको बुझिएको छ । थारू कल्याणकारिणी सभा बढैयाताल गाउँ कमिटीले महोत्सव आयोजना गर्न लागेको हो ।