मेयर तथा उपमेयर कप टि–२० किक्रेटः मंगोलियन स्पोर्टस कलब बिजयी
Tuesday, February 4th, 2025, 8:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ माघ
नेपालगन्जमा जारी मेयर तथा उपमेयर कप टि–२० किक्रेट प्रतियोगितामा सोमबार भएको खेलमा मंगोलियन स्पोर्टस कलब बिजयी भएको छ । मंगल प्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा नेपालगन्ज मोडेल एकेडमीलाई ७८ रनले पराजित गरेको हो ।
फिल्डमा पहिला व्याटिङ्ग गरेको मंगोलियनले ९ विकेटको नोक्सानीमा १ सय ४० रन बनाएको थियो । पुरै २० ओभरमा ९ विकेटको नोक्सानी व्यहोरोको थियो । यसैगरी मंगोलियन बिरुद्ध मैदानमा उत्रिएको मोडेल एकेडमी ६२ रनमै समेटिएको थियो ।

………..
एकेडमीले १५ ओभर ५ बल खेल्दै १० आफ्ना १० खेलाडी गुमाईसकेको थियो । खेलमा मोर्डनका साजन देउवा म्यान आफ दि म्याच बन्न सफल हुनुभयो । देउवाले ३७ बल खेलाउँदा ४२ रन दिनुभएको थियो भने २ विकेट लिन सफल हुनुभयो ।
पुरुषतर्फको खेल नकआउटको आधारमा र महिलाहरुको खेल लिगकम नकआउटको आधारमा खेल खेलाइएको प्रतियोगिता संयोजक सुनिल सिंह हमालले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुषतर्फको विजेताले ७५ हजार, उपविजेताले ३५ हजार रुपैयाँ पाउनेछ । महिलातर्फको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
पुरुष र महिला तर्फको म्यान अफ द सिरिजले जनही ५ हजार रुपैयाँ पाउनेछ ।
नेपालगन्ज उपमहानगरपालिकाको साझेदारीमा बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगन्जमा सो प्रतियोगिता आयोजना गरिएको हो ।