मेयर तथा उपमेयर कप टि–२० क्रिकेटः केसिए कोहलपुर र ज्योति स्पोर्टस एकेडमी बिजयी
Saturday, February 8th, 2025, 9:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ माघ
नेपालगञ्जमा जारी मेयर तथा उपमेयर कप टि–२० क्रिकेट प्रतियोगितामा शनिबार भएको छुट्टा–छुट्टै खेलमा केसिए कोहलपुर र ज्योति स्पोर्टस एकेडमी बिजयी भएका छन् ।
मंगल प्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा केसिएले नेपालगन्ज १३ लाई ८ विकेटले पराजित गरेको भने दोस्रो खेलमा ज्योतिले मंगोलियन क्लबलाई ५ विकेटले पराजित गरेको हो ।
पहिलो खेलको पहिला व्याटिङ्ग गरेको नेपालगन्ज १३ ले १८ ओभर ४ बलमा १० विके गुमाएको थियो भने ८१ रन मात्र बनाउन सफल भयो । जवाफी व्याटिङ्गमा उत्रेको केसिएले २ विकेटको क्षतीमा ८ ओभर ५ बलमा ८३ रन बनाएको थियो ।

………….
पहिलो खेलमा बिजेता टिम केसिएका अजय साहनी म्यान अफ दि म्याच घोषित हुनुभयो । यसैगरी प्रतियोगितामा शनिबार नै भएको दोस्रो खेलमा पहिला व्याटिङ्ग गरेको मंगोलियनले १८ ओभर २ बलमा १० विकेट गुमाएर ९१ रन बनाएको थियो ।
जवाफी व्याटिङ्गमा उत्रेको ज्योतिले ८ ओभर ३ बलमा ५ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । बिजेता बनेसँगै ज्योतिकै सिद्धान्तराज शाही म्यान अफ दि म्याच हुन सफल हुनुभयो ।
बाँके जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिता पुरुषतर्फको खेल नकआउटको आधारमा र महिलाहरुको खेल लिगकम नकआउटको आधारमा खेलाइएको प्रतियोगिता संयोजक सुनिल सिंह हमालले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुषतर्फको विजेताले ७५ हजार, उपविजेताले ३५ हजार रुपैयाँ पाउनेछ । महिलातर्फको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । पुरुष र महिला तर्फको म्यान अफ द सिरिजले जनही ५ हजार रुपैयाँ पाउनेछ ।