विश्वलाई प्रेम र सेवाको सन्देश दिने मदर टेरेसाको आज ११० औं जन्मदिन
Wednesday, August 26th, 2020, 5:40 pm
amit
एजेन्सी, १० भदौ । २६ अगस्ट १९१० मा युरोपको उस्मान साम्राज्य अर्थात आजको उत्तरी मेसिडोनियामा जन्मिएकी मदर टेरेसाको मृत्यु ५ सेप्टेम्बर १९९७ मा भारतको कोलकातामा भएको थियो ।
रोमन क्याथोलिक नन मदर टेरेसाले १९४८ मा स्वेइच्छाले भारतीय नागरिकता लिएकी थिइन् । त्यसपछि उनी निरन्तर भारतमा समाजसेवामा खटिइन् । उनले स्थापना गरेको मिसनरी अफ च्यारिटिजले गरिब, बिरामी तथा अनाथहरुलाई आश्रय दिने गरेको थियो ।
एचआईभी, कुुष्ठरोग लगायत सामाजिक हेयको दृष्टीले हेरिने रोगका बिरामीहरुको उपचारमा यस मिसनरीले निरन्तर सहयोग गरि रह्यो । आफ्नो मिसनरीको शाखालाई बिस्तार गर्दै विभिन्न देशमा फैलाएकी टेरेसाले १९७९ मा नोबेल पुरस्कार समे जितिन् । उनको मृत्यु हुुँदासम्म टेरेसाको यो संस्था १ सय १३ देशमा फैलिएको थियो, जसअन्तर्गत ६ सय १० शाखाहरु थिए । आफ्नो सहयोगी मनकै कारण टेरेसा विश्वभर प्रसिद्ध छिन्।
स्वर्गीय टेरेसाको १ सय ११ औं जन्मदिनमा उनले व्यक्त गरेका महत्त्वपूर्ण विचारहरु :
–मुुस्कानबाटै शान्तिको सुुरुवात हुन्छ ।
– यदी तपाई १ सय मानिसलाई सहायता गर्न सक्नुहुुन्न भने केवल एकलाई नै सहयोग गर्नुस् ।
– मिठो बोल्न सजिलो छ, र यो अनन्तसम्म गुन्जन्छ ।
– भगवान कहिल्यै यो चाहदैंनन् कि हामी सफल होऔं, उनी यति चाहन्छन् कि हामी निरन्तर प्रयास गरिराखौं।
– हामी भविष्यसँग डराउँछौं किनकी हामीले आजलाई बर्बाद गरिरहेका छौं ।
– हिजो बितिसक्यो, भोली आइसकेको छैन, हामीसँग केवल आज छ । आउनुस् सुरु गरौं ।
– म सफलताका लागि होइन बरु विश्वासका लागि प्रार्थना गर्छु ।
– कुरा यो होइन कि हामी कति दिन्छौं, महत्वपूर्ण यो हो कि हामी कति स्नेहसाथ दिन्छौं ।
– हामीले कहिल्यै जान्नेछैनौं कि एउटा सानो मुस्कानले कति राम्रो गर्न सक्छ र कति धेरैलाई खुसी दिनसक्छ ।
– तपाई जहाँ पनि जानुहुुन्छ, त्यहाँ प्रेम फैलाउनुस् । जो तपाईसामुुु आओस् त्यो खुसी भएरै फर्कियोस् ।