जापानमा तापक्रम बढेसंगै चलेको तातो हावाका कारण २५ को मृत्यु १२ हजारभन्दा बढी विरामी
Wednesday, August 26th, 2020, 6:52 pm
amit
एजेन्सी, १० भदौ । जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ । जसका कारणले गर्दा तातो हावा चलेको छ भने सोमा परी हजारौँ मानिस प्रभावित भएका छन्। प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको छ भने यसबाट १२ हजार ८०० मानिस विरामी परेका छन् ।
जापानको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार यहाँ तातो हावा चलेका कारण मानिसहरु घरघरमै बिरामी परेका छन् भने यहाँका कम्तीमा पनि ४५ प्रतिशत जति नागरिक घरैमा र अरु १७ प्रतिशत नागरिक काममा रहेका बेला कार्यालयमा नै विरामी परेका छन् ।
यसैगरी यहाँका पाको उमेरका नागरिकहरु कम्तीमा पनि चार हजार जना जतिलाई बढ्दो तापक्रम र यसका कारण आएको तातो हावाले नराम्ररी प्रभावित पारेर विरामी बनाएको छ र पछिल्लो जानकारीमा करिब ३८७ जना नागरिक अहिले पनि निकै गम्भीर अवस्थाको स्वास्थ्यका साथ रहेका विपद् व्यवस्थापन केन्द्रले दिएको बताइएको छ ।
प्राप्त समाचारअनुसार हाल जापानमा ३८ डिग्रीभन्दा पनि बढी तापक्रम रहेको छ । यो तापक्रम जापानका लागि निकै बढी हो । गत वर्षमात्र पनि यस्तै समस्याले यहाँ १२६ जना नागरिकको ज्यान गएको थियो । त्यस तातो हावाबाट गत वर्ष जापानमा ७० हजार जनाभन्दा बढी विरामी परी अस्पताल नै भर्ना भएका थिए ।