नेपालगन्जमा महिलाहरुको योगदान झल्काउने फोटो प्रदर्शनी सुरु
Monday, March 17th, 2025, 8:29 pm
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, ४ चैत
फोटो सर्कलले फोटो प्रदर्शनी सुरु गरेको छ । नेपालको इतिहासमा महिलाहरुले दिएको योगदानलाई खोजेर डिजिटल रुपमा अभिलेख संकलनको काम गरिरहेको फोटो सर्कलले नेपालगन्जको रामलिला मैदानमा सोमबारबाट प्रदर्शनी सुरु गरेको हो ।
समाज, शिक्षा, राजनीतिक लगायतका विविध क्षेत्रहरुमा महिलाहरुले दिएका योगदानबारे अनुसन्धान गरेर त्यसबाट प्राप्त जानकारीलाई आम मानिसहरुसम्म पुराउने उदेश्यले गरिएको सो प्रदर्शनी ६ गतेसम्म सन्चालन हुने छ ।
यहाँ नेपालका केहि ठाँउहरुमा ती महिलाहरुको योगदान समेटिएका तस्वीरहरुको फोटो प्रदशनी भईरहेको छ । प्रदर्शनीबारे कुराकानी गर्दै फोटो प्रदर्शनी कार्यक्रमका संयोजक सरिता सिङले यहाँ मुलतः महिलाहरुको कामलाई झल्काउने पुराना फोटोहरुको कलेक्सन भएको बताईन् । ईतिहासलाई फर्केर हेर्दा महिलाहरुले राजतिनि, समाज, शिक्षा, साहित्य तथा यात्राका क्रममा गरेका अनुभव तथा देशमा मात्रै नभईकन विदेशमा समेत महिलाहरुले गरेको योगदानहरुलाइृ फोटो मार्फत देखाउन खोजिएको फोटो प्रदर्शनी कार्यक्रमका संयोजक सिङले जानकारी दिईन् ।
यहाँ फोटो संगसंगै म्यागजिन, डायरी, किताबका पाना तथा विभिन्न प्याम्पलेटहरुको समेत प्रदर्शनी गरिएको छ । जसमार्फत ईतिहासमा महिलाहरुद्वारा कस्ता–कस्ता कामहरु गरिएको थिए भन्ने कुरा देखाउन खोजिएको आयोजकले जनाएको छ । प्रदशर्नी अवलोकनका लागि आएका बरिस्ठ कथाकार सनत रेग्मिले ईतिहासको दस्तावेजिकरणमा पछिल्लो पुस्ताको ध्यानाकर्षण हुन जरुरी रहेको बताए । उनले नेपालगन्ज आफैमा पनि ऐतिहासिक शहर भएकोले यहाँको विकास र परिवर्तनका लागि विभिन्न कालखण्डमा थुप्रै महिलाले योगदान गरेपनि उनिहरुको योगदानको उचित कदर हुन नसकेको बताए ।
यस प्रदर्शनीले महिलाहरुको योगदानको दस्तावेजिकरण र उनिहरुको सम्मान बढेको खजुरा गाउपालिकाका संस्थापक उपाध्यक्ष एकमाया विकले बताईन् । उनले खजुराका सहिद सेतुविकलाई सम्झदै आजको नेपाल बनाउनका लागि ईतिहासमा धेरै महिलाहरुको योगदान भएको दावि गरिन् । ‘नेपालको ईतिहास हेर्ने हो भने, विभिन्न कालखण्डमा थुप्रै आन्दोलनहरु भए । त्यस समयमा महिलाहरुको महत्वपुण भुमिका रह्यो । त्यसको अव्वल उदाहरु भनेको २०६२÷६३ को आन्दोलन हो । त्यसकारण सबै महिलाको योगदानको चर्चा हुनु आवश्यक छ ।’– उनले भनिन् ।
यस कार्यक्रमले सामाजिक राजनितिक आर्थिक तथा सांस्कृतिक आन्दोलनमा महिलाहरुले गरेको योगदानको चर्चा तथा त्यसको दस्तावेजिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।