कलेज अफ अलाईडमा भयो बृहत रक्तदान
Wednesday, March 19th, 2025, 8:52 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ चैत
कलेज अफ अलाईड र कैलपाल कलेजको संयुक्त आयोजनामा बुधबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी ब्लड बैंकको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १ सय ८ जना विद्यार्थी, कर्मचारी र शिक्षकहरुले रक्तदान गर्नु भएको थियो ।
भुजई गाउँस्थित कलेज अफ अलाईडको नवनिर्मित भवनमा भएको रक्तदान कार्यक्रममा कैलपाल एकेडेमी, मध्यपश्चिम प्राविधिक शिक्षालय र कलेज अफ अपथ्ल्मिक हेल्थ साइन्सका विद्याथीहरुले रक्तदान गर्नु भएको थियो ।
कैलपाल कलेजका प्रिन्सिपल दिपक शर्माको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथीको रुपमा कैलपाल कलेज र कलेज अफ अलाइडका प्रबन्ध निर्देशक संजय सिंह, विशिष्ट अतिथीको रुपमा ब्लड बैक नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, कलेज अफ अलाइडको निर्देशक रेवती सिंह, कार्यक्रम संयोजक तथा कलेज अफ लाईडका प्रिन्सिपल शिशिर सापकोटा लगायतको सहभागिता रहेको थियो । करिब ३ सय विद्यार्थीको उपस्थिती रहेको कार्यक्रममा विद्यार्थीलाई रक्तदानको महत्वको बारेमा जानकारी गराइएको थियो ।

………