नेपाली काँग्रेस नेपालगन्ज–१८ ले पार्टी भवन निर्माण गर्दै
Sunday, March 23rd, 2025, 8:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० चैत
नेपाली कांग्रेस, बाँके अन्तर्गत नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ मा पार्टीको वडा कार्यालय निर्माण हुने भएको छ । निर्माणाधिन वडा कार्यालयको नाम ‘सुशील कोइराला स्मृति भवन’ राखिएको छ । उक्त भवनको आइतबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले शिलान्यास गर्नुभएको थियो ।
पार्टीका वडा उपसभापति राजाराम सुवेदीका अनुसार, बाँकेको कूल ८१ वडा मध्ये नेपालगन्जको वडा नम्बर १८ मा पार्टीको वडा कार्यालय निर्माण हुन् लागेको यो नै पहिलो हो । वडा कार्यालय निर्माणका लागि सोही वडाका रामकुमार वर्माले करिब ३० लाख मूल्य बराबरको साढे आठ धुर जग्गा दान दिनुभएको छ ।
वडा कार्यालय भवन निर्माणका लागि करिब रु ५ लाख लागत लागत स्टिमेट गरिएको छ । ‘रु तीन लाख ५० हजार रकम विभिन्न स्रोतवाट संकलन भइरहेको छ । बाँकी रकम हामी वडा सभापतिदेखि क्रियाशिल सदस्य र नेपाली कांग्रेस आवद्ध व्यापारिहरुबाट संकलन गरिनेछ’—वडा उपसभापति सुवेदीले भन्नुभयो ।
निर्माणाधिन वडा कार्यालय भवन एकतल्लाको हुनेछ । जसमा वडा सभापति र कार्यालय सचिवको एक/एक कोठाका अलावा बैठक कक्ष र शौचालय र कप्पाउण्वाल निर्माण गरिनेछ । वडा कार्यालय भवन शिलान्यास समारोहमा प्रमुख अतिथि केन्द्रीय सदस्य बाल्मिकीले विकास, संगठन र एकता नेपाली कांग्रेसको मूलमन्त्र बन्नुपर्नेमा जोड दिनुभयो ।

…………..
पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्रजातन्त्रका विरोधीहरुले जति नै हल्ला गरेपनि लोकतान्त्रिक गणतन्त्रलाई अब कसैले हल्लाउन नसक्ने प्रष्ट पार्दै नेपाली जनताहरु ऋब उल्टो वाटो फर्कन सक्दैनन् भन्नुभयो । उहाँले देशको सबै ठाउँका नेता कार्यकर्ता पार्टीका लागिथ लाग्ने भए काँग्रेसलाई कसैलाई हल्लाउन नसक्ने पनि सभापति पुनको भनाई छ ।
ॅवडा कार्यालयको भवन बन्नु आफैमा एकदमै सराहनिय कार्य हो, जिल्लामा काँग्रेसको वडास्तरुमा पहिलो पटक कार्यालय भवन निर्माण हुन लागेकोमा खुशी छु,’ प्रदेश सभापति पुनले भन्नुभयो, ॅयसरी नै सबै ठाउँमा पार्टीको कार्यालय स्थापना, निर्माण भएर व्यवस्थित हुन सकेमा पार्टीलाई सघाउ पुग्नेछ ।’
पार्टीका जिल्ला सभापति नारायण प्रसाद गौडेलले नेपाली कांग्रेसको संरचनागत विकास, सांगठानिक विकास र घरदैलोमा जनताको सेवामा बाँके पार्टी पक्तिं अहोरात्र खटिरहेको बताउँदै सबै भूमिकामा पार्टीका कार्यकर्ताहरुको योगदान मननयोग्य रहदै आएको बताउनुभयो ।
सिलान्यास कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पार्टीको वडा कार्यालय निर्माणले अरुलाई पनि प्रेरणा दिने उल्लेख गर्नुभएको थियो ।
पार्टी वडा सचिव धिरेन्द्रबहादुर खड्काले संचालन गर्नुभएको कार्यक्रममा लुम्बिनी प्रदेश सांसद तथा पूर्व मन्त्री बादशाह कुर्मी, नेपाली कांग्रेसका जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी र महासमिति सदस्य राजकुमार वर्माले बोल्नुभएको थियो भने कार्यक्रममा पार्टीका जिल्ला सचिव सुधांशु कोइराला, पूर्व सांसद याकुबअलि अन्सारीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको शुभारम्भमा राष्ट्रिय गान, शहिदहरुप्रति एक मिनेट मौन धारण र जननायक विपी कोइराला र संविधान पिता सुशील कोइरालाको तस्वीरमा मार्ल्यापण गरिएको थियो । भवन निर्माणका लागि यसअघि नै गत निर्वाचनमा वडाअध्यक्षका उम्मेदवार रहनुभएका सानु बर्माले एक लाख रुपैया, लगायतले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ भने कार्यक्रमम उपस्थित हुनुभएका नेपालगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष मख्खन बहादुर धामीले ५१ हजार रुपैया सहयोग दिने सार्वजनिक प्रतिबद्धता जनाउनुभएको छ ।