पन्ध्र वर्षपछि सक्रियहुँदै बाँकेका पुराना खेलाडी
Saturday, May 17th, 2025, 8:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ जेठ
राष्ट्रियतथाअन्तरराष्ट्रियस्तरमाख्यातिकमाएकाबाँकेका पुराना खेलाडीपुनः सक्रियहुनथालेकाछन् । बाँकेमापूर्वखेलाडी सङ्घ गठन गरेर खेलकुदको विकास र यस क्षेत्रलाई खेलकुदमाचिनाउनभन्दै पुराना खेलाडी सक्रियहुनथाल्नुभएको हो ।
भलिबलका पुराना राष्ट्रिय खेलाडी राकेश श्रीवास्तवले करिब १५ वर्षपछिआफू खेलकुदमा सक्रियहुनथालेको जानकारी दिँदै सामाजिकउत्तरदायित्वकाकारणपनि खेलप्रतिको निष्ठाकायम रहेको बताउनुभयो ।
उहाँले २०३० देखि २०४२ सालसम्मभलिबलको राष्ट्रिय खेलाडीका रूपमा योगदान गरेको उल्लेख गर्दै विगतमाजागिरे जीवनभएकाकारण केहीकठिनाई झेल्नुपरेको बताउनुभयो । “जिल्लाओझेलमा परेकाले पनियसलाई पुनःजगाउने प्रयास गरिएको छ”, उहाँले भन्नुभयो ।
पूर्वखेलाडी समाजकाकार्यवाहकअध्यक्षनिजामुद्दिनसिद्दिकीले करिब १० वर्षपछिआफू खेलकुदमा सक्रियहुनथालेको जानकारी दिँदै सबै ठाउँमा खेलकुदकाकार्यक्रमभएपनि नेपालगन्जमाकमहुनथालेको गुनासो गर्नुभयो ।
उहाँले २०३२ देखि २०५० सालसम्मफूटबल र हकीको खेलाडीका रूपमा खेल खेलेको उल्लेख गर्दै विगत केहीवर्षअघिभारतको दक्षिणएसियाली खेलमा समेत सहभागीभएको बताउनुभयो ।
“सबै ठाउँमा केही न केही खेलकुदभइरहेको छ तर नेपालगन्जमा पुराना खेलाडीको बाहुल्य रहे पनि खेलकुदनभएकाले त्यसलाई पुनः सक्रिय गराउनखोजिएको छ”, अध्यक्षसिद्दिकीले भन्नुभयो । पूर्वखेलाडी समाज, बाँकेले आगामी जेठ ९ र १० गते ब्याडमिन्टन १६ देखि १८ गतेसम्म नेपालगञ्जमाभलिबलप्रतियोगिताआयोजनागर्न थालेको छ ।
ब्याडमिन्टनमा रुतीनलाख ५० हजार र भलिबल खेलमा रु चार लाख ५० हजार खर्च हुने समाजकाअध्यक्षनिजामुद्दिनसिद्दिकीले जानकारी दिनुभयो । सो खेलकालागि नेपालगन्जउपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
ब्याडमिन्टनअण्डर १५ माप्रथमद्धितीय र तृतीयलाई रु १० हजार, पाँचहजार र रु दुई हजार ५००, मेन्स डबल्समाप्रथम, द्धितीय र तृतीयहुने टिमलाई रु २० हजार, १५ हजार र रु १० हजार पुरस्कार वितरणगरिने कावाअध्यक्षसिद्दिकीले बताउनुभयो । नकआउटप्रणालीमा खेलाइने प्रतियोगितामाभलिबलतर्फ महिला र पुरूष गरी २५ टिम र ब्याडमिन्टनतर्फ ७५ खेलाडी सहभागी रहने छन् ।