वैदेशिक रोजगारीको सिलसिलामा ९७४ कामदारको मृत्यु
Thursday, May 29th, 2025, 8:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौँ, १५ जेठ
वैदेशिक रोजगारीमाजानश्रम स्वीकृतिलिने नेपालीकामदारको संख्या ६४ लाखनाघेको छ । उपप्रधानमन्त्रीतथा अर्थमन्त्रीविष्णुप्रसादपौडेलद्वारा आज संघीय संसद्मा प्रस्तुतआव २०८१÷८२ को आर्थिक सर्वेक्षणकाअनुसार २०८१ फागुनमहिनासम्म वैदेशिक रोजगारमाजाननयाँश्रम स्वीकृतिलिनेको संख्या ६४ लाख ६१ हजार १९ पुगेको छ ।
नयाँश्रम स्वीकृतिलिनेमामहिला ६ दशमलव सातप्रतिशत र पुरुष ९३ दशमलवतीनप्रतिशत रहेको छ । चालु आवको फागुनसम्म वैदेशिक रोजगारीकालागि संस्थागत रुपमा १११ देशलाई खुलागरिएको छ । एक हजार ६७० म्यानपावर कम्पनीलाईश्रमिकपठाउनइजाजतपात्रप्रदानगरिएको छ ।
चालु आवको फागुनसम्मनवीकरणसहितनयाँश्रम स्वीकृतिलिनेको संख्यापाँचलाख ३४ हजार ४७१ पुगेको छ । यसमध्ये महिला ११ दशमलवतीनप्रतिशत र पुरुष ८८ दशमलव सातप्रतिशत रहेकाछन् । सर्वेक्षणकाअनुसार औपचारिक क्षेत्र, वैदेशिक रोजगार, अनौपचारिक क्षेत्र र स्वरोजगार क्षेत्र गरी करिब २० लाख ८० हजार श्रमिक सामाजिक सुरक्षाकोषमा सूचीकृत भएकाछन् ।
सामाजिक सुरक्षाभत्ताप्राप्तगर्ने लाभग्राहीको संख्या ३७लाख ६ हजार ३८९ पुगेको छ । गतआवको यस्तो संख्या ३८ लाख २९ हजार ४७३ रहेको थियो । यस्तै, प्रधानमन्त्रीरोजगार कार्यक्रमअन्तर्गत आव २०८१÷८२ को फागुनसम्म७४३ स्थानीयतहमा सातलाख ९७हजार ७२५ जना बेरोजगार व्यक्ति सूचीकृत भएकाछन् ।
आव २०८०÷८१ मा७३५ स्थानीयतहमाआठलाख ८५ हजार १५३ बेरोजगार व्यक्ति सूचीकृत भएकामा ६४ हजार ७३३ जनाले औसत ७९ दिनको रोजगारी प्राप्त गरेकाथिए ।
आव २०८१÷८२ को फागुनसम्मइपिएस प्रणालीमार्फत सातहजार ५०९ जना नेपालीकामदार दक्षिणकोरिया गएकाछन् । यस्तो संख्याआव २०८०÷८१ मा १०हजार ८५५ रहेको थियो । चालु आवको फागुनसम्म वैदेशिक रोजगारीमाजाननयाँश्रम स्वीकृतिलिने नेपालीकामदारमध्ये सबैभन्दाबढीयुएई जानश्रम स्वीकृतिलिने रहेकाछन् । गतआर्थिक वर्षमापनि नेपालीकामदारकालागियुएई पहिलो रोजाइको मुलुकका रूपमा रहेको थियो ।
चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको सिलसिलामा ९२२ पुरुष र ५२ महिला गरी ९७४ नेपालीकामदारको मृत्यु भएको छ । यस अवधिमा मृतकका परिवारका सदस्यतथानजिककाहकदारवालाले क्षतिपूर्तिबापत रु ६५ करोड ६७लाख ६० हजार प्राप्त गरेकाछन् । चालु आवको फागुनसम्म वैदेशिक रोजगारीकाक्रममाशारीरिक रूपमाअङ्गभङ्गतथा बिरामीभएका ३१७पुरुष र १९ महिला गरी ३३६ कामदारले आर्थिक सहायताबापत रु १४ करोड ७४ लाख ८८ हजार प्राप्त गरेकाछन् ।
यस्तै, आव ०८१÷८२ को फागुनसम्म ५८६ गैरनेपालीनागरिकलाई श्रम स्वीकृतिप्रदानगरिएको छभने एक हजार ८१ जना गैरनेपालीनागरिकको श्रम स्वीकृतिनवीकरणगरिएको छ । गतआर्थिक वर्षको सोहीअवधिमा ५८९ गैर–नेपालीलाई श्रम स्वीकृति र ८५० गैर–नेपालीको श्रम स्वीकृतिनवीकरणगरिएको थियो ।
तीनतहको सरकारको साझेदारीमा सुरक्षितआप्रवासन (सामी) कार्यक्रमचौथो चरण (२०२४–२०२८)मा ६८ जिल्लाका २६७ स्थानीयतहमा सञ्चालनमा रहेको छ । उक्तकार्यक्रमबाटचालु आवको फागुनसम्मचार लाख ५४ हजार २३१ व्यक्तिले वैदेशिक रोजगारसम्बन्धी सेवाप्राप्त गरेकाछन् । पेसागतवर्गीकरणबमोजिमको दक्ष कृषि, वनतथामाछापालनश्रमिक समूहमातलब सूचकाङ्क सबैभन्दाबढीपाँचदशमलवतीनप्रतिशतले बढेको छ ।