मिस्टर एण्ड मिस एस.ई.ई.को अडिसनबाट १५ जना छनौट
Thursday, May 29th, 2025, 9:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ जेठ
नेपालगन्जमा हुन लागेको मिस्टर एण्ड मिस एस.ई.ई.को अडिसन बाट १५ जना छनोट भएका छन् । शनिबार नेपालगन्जमा भएको अडिसनमा उल्लेखनीय सहभागीता रहेको थियो ।
पिके इभेन्ट्स प्रालिको आयोजनामा मिष्टर एण्ड मिस एस.ई.ई.को चौथो संस्करण बिहीबार देखि सुरु भएको छ । इभेन्ट्सलाई ब्राण्डिङ गर्दै लैजाने योजनाका साथ तेस्रो संस्करणको अडिसनका लागि ३६ जनाले सहभागिता जनाएको प्रालिका अध्यक्षप्रका शकुँवरले जानकारी दिनुभयो ।
यो प्रतिस्पर्धामा यसैवर्ष एस.ई.ई दिएका विद्यार्थीहरुले सहभागिता जनाउन पाउँछन् । नेपालगन्जमा हुने गरेका ब्युटी पेजेन्ट कार्यक्रम हरुमध्ये पिके इभेन्ट्सले गर्ने कार्यक्रम विश्वसनीय र गुणस्तरीय हुने गरेकाले सहभागीकाअभिभावक हरुले समेत कार्यक्रममा चासो देखाएको अध्यक्ष कुँवरले बताउनु भयो ।
युनाइटेड एजुकेशनल ऐकेडेमी एजुकेशन साझेदारी रहेको चौथो संस्करणको कोरियोग्राफी सुप्रियापुन मगर र बिराज थापाले गर्दै हुनुहुन्छ । प्रतिस्पर्धाका क्रममा सहभागि हरुलाई वाकिङ, फोटो सुट, सामाजिक कार्य, खेलकुद, मेकअप लगायतका बारेमा प्रशिक्षण दिइनेछ ।
विजेताले छात्रवृत्ति र आयोजक पिके इभेन्ट्सको ब्रान्ड एम्बेसडरका रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछ । यसैगरी अन्य विभिन्न विधाका विजेतालाई आर्कषक पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ ।