सुवेदीको नेतृत्वमा ‘हाम्रो सुर्खेती समाज बाँके’ गठन
Saturday, June 7th, 2025, 8:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ जेठ
सुर्खेतबाट विभिन्न काम बिशेषले तथा सुर्खेतबाट बसाइ सराई गरेर बाँकेमा बसोबास गरिरहेकाले प्रथम साधारणसभाबाट राजाराम सुवेदीको अध्यक्षतामा सुर्खेती समाज गठन गरिएको छ । शनिबार नेपालगन्जमा भएको सुर्खेती समाजको पहिलो साधारणसभाबाट सुवेदीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
गठित समितिको उपाध्यक्षमा राम बहादुर महतारा, सचिवमा यम नारायण पौडेल र कोषाध्यक्षमा मञ्जु रिजाल चयन हुनुभएको छ । यस्तै सदस्यमा पुस बहादुर खत्री, अनिता विसी, शंकर रावत क्षेत्री, टिकाराम नेपाली, शारदा रेग्मी, राजन विसी र किशोर शर्मा चयन हुनुभएको छ ।
तदर्थ समितिका अध्यक्ष अधिवक्ता पुर्ण प्रसाद ढकालको अध्यक्षता एवम् पूर्व मन्त्री शिवराज जोशीको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र संचालन भएको थियो । कार्यक्रममा पूर्व मन्त्री जोशी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगर, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, दैलेखी समाजका अध्यक्ष पुर्णदेव गिरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।