बाँकेटबाट बालविद्याकी सृजना ल्याईन ४ जिपिए
Saturday, June 28th, 2025, 7:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ असार
बाँकेको कोहलपुरस्थित बालविद्या स्कुलकी छात्रा सृजना डिसीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार जिपिए ल्याउन सफल हुनु भएको छ । बाँके जिल्लाबाट यस पटक ६२ दशमलव २३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईंका अनुसार जिल्लाबाट सात हजार नौ सय २१ जना विद्यार्थीले परीक्षा दिएकोमा चार हजार नौ सय २९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा दुई हजार ९ सय ९२ विद्यार्थी अनुत्तीर्ण भएको इकाइले जनाएको छ ।
बाँके जिल्लामा चार जिपिए ल्याउने एक जना मात्र विद्यार्थी सृजना डिसी रहनु भएको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख चौलागाईंले बताउनुभयो ।
बाँके जिल्लामा ३.६१ देखि ४ जिपिए ल्याउने ६ सय ४२ जना, ३.२१ देखि ३.६० जिपिए ल्याउने एक हजार छ सय ७ जना, २.८१ देखि ३.२० जिपिए ल्याउने एक हजार ४ सय ९८ जना, २.४१ देखि २.८० जिपिए ल्याउने एक हजार ४७ जना र २.०० देखि २.४० जिपिए अंक ल्याउने १३५ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ । ग्रेड बृद्धिका लागि परीक्षा दिएका दुई हजार ४३ जना मध्ये एक हजार ४३ जना उत्तिर्ण भएको
शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख चौलागाईंले बताउनु भयो ।