नेपालगन्जमा लोकसेवा पूर्व तयारी कक्षाको समापन
Friday, July 4th, 2025, 6:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० असार
नेपालगन्जमा हेल्थ हसिस्टेण्ट, स्टाफ नर्स, अहेब र अनमी पदको लोकसेवा आयोगद्धारा लिईने लिखित परिक्षाको पूर्व तयारी कक्षाको समापन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र द सक्सेस ईन्स्टिच्यूट नेपालगन्जको सहकार्यमा भएको पूर्व तयारी कक्षा वैशाख २ गते देखि नेपालगन्जमा सुरु भएको थियो । बिहिबार एक कार्यक्रमका बिच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले कार्यक्रमको समापन गर्नु भएको हो ।

………
समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले पूर्व तयारी कक्षाले सरकारी सेवामा प्रवेश गर्नको लागि युवा विद्यार्थीलाई महत्वपुर्ण सहयोग गर्ने बताउनु भयो । युवाहरुलाई लक्षित गरिएको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउँदै विष्टले मिहिनेतका अध्ययन गरेपछि भविष्यमा नेपाल सरकारको उच्चतम तहमा पुगेर उपमहानगरपालिकाको प्रतिष्ठा पठाउने कुरामा विद्यार्थीले आफनो ध्यान केन्द्रित गर्नु पर्ने बताउनु भयो ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामहरि शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य बसन्त कनोजिया, मोहम्मद मुजमिल हक हलवाई, द सक्सेस ईन्स्टिच्युट नेपालगन्जका प्रमुख प्रशिक्षक रविन्द्र शाह, नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास शाखाका प्रमुख कृष्ण प्रसाद जोशी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन अवसरमा प्रमुख प्रशासकिय अधिकृत शर्माले सरकारी सेवामा प्रवेश गर्न चाहने युवाहरुको लागि पूर्व तयारी कक्षा उत्कृष्ट अवसर भएको बताउनु भयो । ७५ दिने कक्षाको प्रमुख प्रशिक्षक रविन्द्र शाहले सहभागीहरुलाई उत्कृष्ट प्रशिक्षकहरुद्धारा लोकसेवा आयोगको तयारीको बारेमा प्रशिक्षण दिने प्रयास गरेको बताउनु भयो ।