राप्तीसोनारीका १८ किसानलाई टिलर वितरण
Monday, July 7th, 2025, 8:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ असार
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई मिनी टिलर वितरण गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले सोमवार १८ जना किसानलाई मिनी टिलर वितरण गरेको हो । वडा कार्यालयको आर्थिक वर्ष २०८१र०८२ को बजेटमार्फत पावर टिलर किसानलाई वितरण गरिएको हो ।
वडा नम्वर ६ का वडा अध्यक्ष लवराज खरेलले किसानहरुलाई मिनी टिलर हस्तान्तरण गर्नु भयो ।
मिनी टिलर हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष खरेलले कृषिमा प्रगती गर्नको लागी गर्दै प्रविधी युगमा जोत्न सहज होस भनेर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको बताउनु भयो । १८ वटा टोल विकासलाई एक–एक वटा मिनी टिलर वितरण गरेको उहाँले बताउनु भयो ।
वडाको वार्षिक वजेटबाट ७ लाख विनियोजन गरि वितरण गरिएको छ । वडा अध्यक्ष खरेलले गाउँपालिकाको कृषि शाखाबाट मोटर र दुईजना किसानलाई वोरिङ समेत वितरण गरेको बताउनु भयो ।
हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष खरेल ,वडा सचिब प्रकाश भारती ,वडा सदस्यहरु लक्ष्मी थारु ,पतरी परियार ,राम वहादुर थारु ,नर वहादुर पुन लगायत कर्मचारीको सहभागिता रहेको थियो ।