साकार कृषि सहकारीको योजना, एक टोल एक उत्पादन
Sunday, July 13th, 2025, 9:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ असार
ग्रामिण कृषि क्षेत्रको विकासलाई आफनो मुख्य लक्ष्य मानेर काम गरिरहेको साकार कृषि सहकारी संस्थाले वार्षिक बजेट निर्माण तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । किसानलाई गाउँमै कृषि कर्म मार्फत आर्थिक स्तर उकास्ने योजना सहित १४औं वार्षिक बजेट निर्माण तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको संस्थाले जनाएको छ ।
साकार कृषि सहकारी संस्थाका अध्यक्ष हुमाशंकर वलिको अध्यक्षतामा भएको कार्यक्रमले ४६ करोड ३ लाख ९९ हजार ११ रुपैयाँको बजेट परिक्षेपण गरेको छ ।
यस वर्षको बजेटमा कृषि क्षेत्रलाई बढी प्राथमिकतामा राखी विउ उत्पादन गर्दै किसानलाई प्रोत्साहन रकम सहित एक टोल, एक उत्पादन जस्ता कार्यक्रमहरु समावेश गरिएको छ ।
कार्यक्रममा स्वागत मन्त्वय साकार कृषि सहकारी संस्था लेखा सुपरिवेक्षण समिति संयोजक सुर्यप्रकाश घर्तीमगरले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका मुख्य व्यवस्थापक जमान सिंह ओली र प्रबन्धक भरत बहादुर खत्रीले गर्नु भएको थियो ।
नायम प्रबन्धक निम बहादुर घर्तिले संचालन गर्नु भएको कार्यक्रममा संस्थाका संचालक समिति सदस्य, लेखा सदस्य, विभिन्न उपसमितिका संयोजक, सदस्यहरु, संस्थाका पुर्व अध्यक्ष र कर्मचारीहरुको सहभागिता रहेको थियो ।