पब्लिक स्पिच नेपाल–२०८२ को तयारी सुरु
Sunday, August 10th, 2025, 8:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ साउन
पब्लिक स्पिच नेपाल–२०८२ संघिय राजधानी काठमाण्डौंमा हुने भएको छ । युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्देश्य राख्दै बास नेपालले राष्ट्रब्यापी रुपमा प्रतियोगिता गर्न लागेको हो ।
गत बर्ष देखि बास नेपालले पब्लिक स्पिच नेपाल गर्न थालेको हो । त्यस भन्दा अघि बाँके लगायतका जिल्लाहरुमा पब्लिक स्पिच प्रतियोगिता गर्दै आएको थियो ।
बास नेपालका अनुसार पब्लिक स्पिच नेपाल तीन चरणमा हुनेछ । अडिसन, सेमिफाईनल र फाईनल राउण्ड हुने उक्त प्रतियोगिताका लागि देशैभरबाट ईच्छुहरुले सहभागिता जनाउन सक्नेछन् । ईच्छुक सहभागिहरुले भाद्र १० गते भित्र नाम दर्ता गरिसक्नु पर्नेछ भने भाद्र १३ गते भित्र आफुले बोलेको सार्वजनिक बक्तव्यको श्रव्यदृश्य बास नेपाललाई उपलब्ध गराउनु पर्नेछ ।
अडिसन राउण्डबाट छानिएका सहभागिहरु सेमिफाईनलमा प्रबेश गर्नेछन् सेमिफाईनल भाद्र २० गते हुनेछ । सेमिफाईनलबाट छनौट भएका सहभागिहरु फाईनल राउण्डमा प्रबेश गर्नेछन् । फाईनल राउण्ड भाद्र २९ गते काठमाण्डौंमा हुनेछ ।
पब्लिक स्पिच नेपाल–२०८२ मा प्रथम स्थान प्राप्त गर्ने प्रतियोगीले नगद ५० हजार, द्धितीय स्थान प्राप्त गर्नेले ३० हजार र तृतिय स्थान प्राप्त गर्ने प्रतियोगिले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
गत बर्षको प्रतियोगितामा पूर्ब अर्थ सचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा भ्रष्टाचार बिरुद्धका चर्चित अभियन्ता केदार खडका, मदन पुरस्कार बिजेता, चर्चित साहित्यकार, बरिष्ठ सञ्चारकर्मी डाक्टर नवराज लम्साल, नेपाल टेलिभिजनको बरिष्ठ समाचार सम्पादक अनित बिन्दु र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारी सदस्य रहेको निर्णायक समितिले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो ।
गत बर्ष देशैभरबाट २ सय बढि सहभागिहरुले सहभागिता रहेको थियो । अडिसन राउण्डबाट १ सय ३ जना सेमिफाईनल राउण्डका लागि छनौट भएका थिए भने अडिसन राउण्डबाट सेमिफाईनलबाट १६ जना प्रतियोगिहरु फाईनल राउण्डमा प्रबेश गरेका थिए ।
पब्लिक स्पिच नेपाल–२०८१ मा दैलेखका दिल बहादुर भण्डारी बिजेता र धरानकी सुशिला धमाला द्धितिय, कपिलबस्तुकी गंगा घिमिरे तृतिय हुनु भएको थियो ।