नेपालगन्जमा कर सम्बन्धी तालिम सम्पन्न
Tuesday, August 19th, 2025, 10:45 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ साउन
नेपालगन्जमा पहिलो पटक भ्याट तथा कर सम्बन्धी तालिम सम्पन्न भएको छ । व्रेन्ट सर्भिस प्रालीको आयोजना र नेपालगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा भएको तालिममा ५३ जनाको सहभागिता रहेको थियो ।
एक दिने भ्याट तथा कर सम्बन्धी तालिम सम्पन्नका सहभागिहरुलाई चाटर अकाउन्टेन्ट तेज प्रकाश दिक्षितले सहजिकरण गर्नु भएको थियो । तालिममा नेपालगन्जमा रहेका विभिन्न व्यापारिक संघ, संस्थाबाट प्रतिनिधित्वहरु सहभागि हुनु भएको थियो ।
तालिमको उद्घाटन व्रेन्ट सर्भिस प्रालीका प्रमुख कार्यकारी अधिकृत ईश्वर शर्मा, प्रमुख अतिथि नेपालगन्ज उधोग वाणिज्य संघका अध्यक्ष टंक धामीले गर्नु भएको थियो । तालिमको महत्वको बारे बताउँदैं रवि सिंह महताराले कार्यक्रम संचालन गर्नु भएको थियो ।
तालिमका सहभागिहरुलाई भ्याट र कर नियमहरुमा व्यवहारिक ज्ञान, त्रुटिहरु कम गर्ने र अनुपादन सुनिश्चित गर्ने रणनीतिहरु, वास्तविक व्यवसायिक परिदृश्यहरुबाट उचित अनुपालकका साथ जरिवानाबारे लगायतका विषयमा अभिमुखिकरण गरिएको थियो । तालिमले वर्तमान कर कानुनसँग अद्यावधिक रहन , व्यवहारिक फाइलिङ र रिपोटिङ प्रविधिहरु सिक्न, जरिवानाबाट बच्न निकै उपयोगी भएको टिकाराम चौधरीले बताउनु भयो ।