सामाजिक संजालबाट उद्यमी बनेकी ऋचा
Monday, October 6th, 2025, 10:15 am
Kalpristha
भिडियोका लागिः https://www.facebook.com/share/v/17bg2ydQFD/
भिष्म लोध
नेपालगन्ज, ९ असोज
पश्चिम नेपालको साहित्यमा चर्चित नाम हो ऋचा लुइटेल । तर उहाँको परिचय अहिले बदलिएको छ । रिचा भन्ने बित्तिकै अहिले नव उद्यमी महिला भनेर चर्चामा आउने गर्छ । लघु कथामा पोख्त ऋचालाई अहिले साहित्यकार होइन ‘जेडी कलेक्सन’ संचालक भनेर धेरैले चिन्ने गर्नुहुन्छ । घरको कोठाबाट सुरु गरेको व्यापार अहिले नेपालगन्ज न्युरोडको पसल सम्म विस्तार भएको छ ।
नेपालगन्जमा गरगहनाको लागि चर्चित व्यापारीको रुपमा परिचय बनिसकेको नाम हो ऋचा । पाँच हजार रुपैयाँले घरबाटै अनलाइन मार्फत सुरु गरेको व्यापारले अहिले दैनिक लाखौंको कारोबार गर्ने क्षमता विस्तार गरिसकेको छ । आफुसँगै थुपै्र महिलालाई रोजगारीको अवसर समेत उहाँले सृजना गरिरहनु भएको छ ।
सामाजिक संजालको प्रयोगमार्फत पछिल्लो समय धेरैले व्यापार व्यवसायलाई फराकिलो बनाउन सफल बनेका छन् । कतिपयले यही सामाजिक संजालको प्रयोगबाट नै पुर्णरुपमा व्यवसायी बन्नसमेत सफल भएका छन् ।

………
मानिसले सामाजिक संजालको प्रयोग फरक फरक उद्देश्यका साथ गर्ने गर्छन् । कोही त्यो उद्देश्यमा सहजरुपमै पुगेका छन् भने कतिपय निराशसमेत बनेका छन् । तर नेपालगन्जका ऋचा लुईँटेल भने उद्देश्यमा पुग्न सहज बनेको देख्न पाइएको छ । घरबाटै सुरु गरिएको कामले उहाँलाई सफलताको सिडी चढ्न सजिलो बनाएको छ ।
सामाजिक संजालको प्रयोग गरेर नै उहाँले आफुलाई उद्यमी बनाउन सफल हुनुभएको छ । नेपालगन्जमा अहिले उहाँको उद्यम आम महिलाहरुको जिब्रोमा झुण्डिने नाम हो । उहाँलाई यो उचाईमा सामाजिक संजालको सहायताले भएको बताउनुहुन्छ । साहित्यकार, रचनाकारका रुपमा रहेको लुईँटलको परिचय अहिले भने उद्यमीको रुपमा बनेको छ ।
आफ्नो व्यवसायको यात्रालाई घरमै बसेर सुरु गरेको उहाँ बताउनुहुन्छ । सानो रकमबाट केही कृतिम गहना बनाए, त्यसलाई सामाजिक संजाल (फेसबुक) मा राखेर सुरु गरेको उहाँ सम्झनुहुन्छ । करिब दुई वर्षअघि त्यसरी सुरु भएको यात्रा हाल नेपालगन्जमा कृत्रिम गहना पाउने स्थानका रुपमा जेडी कलेक्शन स्थापित बनेको छ । निजी संस्थामा जागिर गर्नुभएकी लूईंटेललाई आफ्नै केही गर्नुपर्छ भन्ने लागेपछि यसो गर्दा कसो होला भनेर यो कार्य सुरु गर्नुभएको थियो ।
स्थानीय स्तरमा निर्माण गरिएको र आकर्षक कृतिम गहनाका लागि महिलाहरुको रोजाई जेडी कलेक्शन नै भएको छ । पाँच हजार रुपैयाँ लगानी गरेर सुरु गरेको ब्यवसायलाई बढाएर उद्यमी लुईटेलले अहिले अर्बौंको बनाउनुभएको छ । नेपालगन्जको न्यूरोडमा अवस्थित उहाँको व्यवसायीक स्टल स्थापना गर्न परिवारको सहयोग रहेको उहाँ बताउनुहुन्छ । यद्दपि सुरुवाती चरणमा सामाजिक संजालमार्फत हुँदै आएको यो कार्यबारे परिवारका अन्य सदस्यलाईसमेत जानकारी थिएन ।
पहिला मैले आफैले गहनाका केही प्रकार बनाए, त्यसपछि त्यसलाई सामाजिक संजालमा विक्रीका लागि राखे र विस्तारै एक दुई गर्दै विक्री हुन थाल्नु लुईंटेलको सुरुवाती चरण थियो ।
आज भने बनाएका र अन्य कृतिम गहनाका एक थलो बनाउन लुईंटेललाई सम्भव बनेको छ । लुईंटेल अहिले भने पूर्णरुपमा उद्यमी बन्नुभएको छ । उहाँको व्यवसायीक स्टलमा गहना लिनका लागि दैनिक बाक्लो उपस्थिति हुने गरेको छ ।
व्यवसायीक उद्यमी भएपछि आर्थिक रुपमा समक्ष हुन लुईँटेललाई सहज बनेको छ । लुईटेल अन्य महिलाका लागि प्रेरणा हुनुभएको छ । केही गर्ने इच्छाशाक्ति र सक्रियता हुने हो भने सानो सानो चिजबाट पनि उचाईमा पुग्न सकिने उदाहारणीय बन्नुभएको छ ।