बर्दिया गुलरियामा स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु
Wednesday, October 15th, 2025, 8:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, २९ असोज
बर्दिया गुलरियामा स्वर्णविन्दु प्राशन कार्यक्रम शुभारम्भ भएको छ । बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रको आर्थिक वर्ष २०८२ र ०८३ को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत वालवालिकाको सर्वाङ्गीण विकास लागी लाभदायक हरेक महिनाको पुष्य नक्षेत्रको दिन(जुन शरिरको लागि पोशक दिन मानिन्छ) स्वर्णविन्दु प्राशन गर्नु पर्ने शाष्त्रीय मान्यता रहेको छ ।
वालवालिकाहरूको शारिरिक र मानसिक विकासको साथै बच्चालाई रोग प्रतिरोधी क्षमता वृद्धि हुने तथा आयुर्वेद विज्ञानको ग्रन्थ काश्यप संहितामा वर्णन गरिएको लेह कल्पनामा स्वर्ण (सुन)लाई घिउ(ब्राह्मी घृत)र मह लगायत औषधि द्रव्यमा मिसायर उमेर अनुसारको निर्देशित मात्रामा थोपाको रूपमा सेवन गराउने विधीलाई श्वर्णविन्दु प्राशन भनिन्छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय कार्यक्रम अन्तर्गत हरेक महिना पुश्य नक्षेत्रमा यो कार्यक्रम संचानान हुने गरी खुवाउने गरिन्छ । उक्त कार्यक्रममा वर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख डा. यकराज भण्डारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख प्रमुख सूर्य बहादुर विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिबाट पहिलो सेवाग्राही बालकलाई स्वर्ण बिन्दु प्राशन थोपा खुवाएर उद्घाटन गरिएको थियोे । त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पसका उप–प्रध्यापक डा. मदन भण्डारी, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख जन–स्वास्थ्य प्रशाशक नारायण प्रसाद चौधरीको विशिष्ट आथित्यता भएको कार्यक्रममा केन्द्रका आयुर्वेद चिकित्सक डा. प्रतिभा शर्मा, नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत डा. शिवराज सुवेदी, केन्द्रका वैध निरीक्षक लोकराज पाण्डे तथा बर्दिया स्थित नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद औषधालयका कर्मचारी लगायत सबैको समन्वयमा विभिन्न सरोकार वालाहरुको उपस्थितिमा स्वर्णविदु प्रासन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्वर्णविन्दु प्राशनको महत्व माथी उप–प्राध्यापक डा. मदन भण्डारीले बताउनु भएको थियो भने समन्वय प्रमुखले आयुर्वेद नेपालको प्राचीन तथा राष्ट्रिय चिकित्सा पद्दति भएको बताउनु भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नारायण प्रसाद चौधरीले कार्यक्रमको सफलताको शुभकामना दिनुभयो । कार्यक्रयको संचालन वैध निरीक्षक लोकराज पाण्डेले गर्नुभएको थियो । हाल यस पटकको शुरूवाती दिनमा ६ महिना देखी ५ वर्ष सम्मका २ सय ६७ बालक र २ सय ३९ बालिका गरि ५ सय ६ जनालाई स्वर्ण विन्दु सेवन गराइएको थियो ।