अंहकार त्यागेर तानाशाह बन्ने सोचबाट मुक्त हुन बाँके सीडीओलाई सुझाव
Friday, October 17th, 2025, 6:44 pm
Kalpristha
पोषण केसी
नेपालगन्ज, ३१ असोज
‘श्री पशुपतिनाथबाट भोले बाबा प्रकट भएर आए पनि मैले कसैले भनेको मान्दिन, जय हनुमान जी’ यो वाक्य कुनै धार्मिक प्रवचनका बेला बोलेको धर्मगुरुको होइन, बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको मुखबाट निस्केको भनाइ हो ।
हनुमान जी को शक्तिले सह–सचिव (प्रथम श्रेणी) भएको ३५ दिन पुग्दा नपुग्दै गृह मन्त्रालय मात्रै होईन पहिलो पटक सिधै बाँकेको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा भएर आएपछि सिडिओ साबले आजभोली ‘हनुमान जी’ को शक्तिको आडमा बाँकेमा चौतर्फी आंतक सृजना गरेका छन् । बाँके आएको केही दिनमा कर्मचारीलाई खलासीको उपमा दिएर चर्चा कमाएका सिडिओ जोशीले लुम्बिनी प्रदेशकै एउटा लोकप्रिय संचार माध्यमले संघिय राजधानी काठमाण्डौबाट पत्रिका प्रकाशन गर्दै गर्दा के कति कारणले कसको आदेशमा प्रकाशन गर्न लागेको भनि संबिधानमा ग्यारेन्टी गरिएको पुर्ण प्रेस स्वतन्त्रता र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता बिपरित हनुमान जी को शक्तिको आडमा ठाडो हस्तक्षेप गर्ने काम गरे ।
त्यसै गरी एक जना जनप्रतिनिधि (गाउँपालिका अध्यक्ष) लाई बिना कारण सार्वजनिक स्थलमा मान मर्दन र अपमानित गर्ने काम गरे भने अहिले फेरी सरकारी संचार माध्यम गोरखापत्रमा कार्यरत एक जना स्थापित पत्रकारलाई जेन्जी आन्दोलनको क्रममा जलेर नष्ट भएको प्रशासन भवनको तस्विर लिन खोज्दै गर्दा कस्को आदेशमा किन तस्विर लिएको भनि धम्क्याउदै सुरक्षाकर्मीलाई कडा निर्देशन दिएर तस्विर डिलिट गर्न लगाए । यसरी राज्यको चौथो अंग पत्रकार,जननिर्वाचित प्रतिनिधि, राजनैतिक दलका नेताहरू, निजामति तथा सुरक्षा निकाय र जंगी अड्डााका राष्ट्र सेवकहरूको मान मर्दन गर्ने र हुर्मत लिने क्रम रोकिएको छैन । उनले प्रशासकको दम्भ र अंहकारमा गरिरहेको यो कार्य बर्तमान युगमा सदा सर्वदा गलत छ ।
गृह मन्त्रालयलले प्रमुख जिल्ला अधिकारी खटन पटनको लागि बनाएको मापदण्डलाई राजनैतिक शंक्ति (हनुमान जी कै शक्तिको आडमा ) धोती लगाई दिएर बाँकेमा पहिलो पटक प्रमुख जिल्ला अधिकारी बनेका जोशी ले गत भाद्र २३ र २४ गते जेन्जी पुस्ताका नाम भएको आन्दोलनमा जिल्लामा भएको जनधनको क्षति रोक्न असफल भए । आन्दोलनका क्रममा ५ जनाको ज्यान जाने गरी भएको जनधनको क्षतिका साथै जिल्ला प्रशासन लगायत बाँके जिल्लाका अधिकांश सरकारी
कार्यालयहरू र केही जननिर्वाचित प्रतिनिधिका नीजि घरहरू समेत जलेर ध्वस्त भए तर सिडिओले बचाउन सकेनन् ।
हुनत भौतिक संरचनाहरू बचाउन नसके पनि हनुमान जी को आशिर्वाद र सिडिओको उचित सुरक्षा ब्यवस्थापनको कारण उनी लगायत हामीहरू बाँच्न सफल भयौ यो नै ठुलो कुरा हो । यसका लागि सिडिओ सावलाई धन्यवाद ! साच्चिकै हनुमान जि का भक्त (सिडिओ) ले रावणले हनुमान जी को पुच्छरमा लगाई दिएको आगोले लंका जलाए जस्तै अनाहकमा ज्यान गुमाएका ५ जना बाल कैदी बन्दीको ज्यान जोगाउनुका साथै आफ्नो कार्यालय लगायत दर्जनौ सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीलाई त रोक्न सक्नु पथ्र्यो नी ? यति बेला उनलाई हनुमान जी लाई लंका जलाउने मर्यादा पुरूष श्रीरामले शक्ति दिए जस्तै बिधमान कानूनले अधिकार दिएको छ तर के गर्नु उनले हनुमान जी को शक्तिले सरकारी मापदण्डलाई धोती लगाई दिए जस्तै उनको कमाण्डलाई पनि सुरक्षा निकायका प्रमुखहरूले धोती लगाई दिए ।
परिणाम स्वरूप अनाहकमा ५ जनाको ज्यान गयो भने जिल्लाका सरकारी भौतिक संरचनाहरू जलेर खरानी भए । मलाई लाग्छ यसको चुरो कारण पनि त्यही दम्भ र अंहकार नै थियो । गृह मन्त्रालयको ‘प्रमुख जिल्ला अधिकारीको सरूवा पदस्थापन तथा काज खटाउने कार्यबिधी–२०७९’ मापदण्डलाई पुर्ण रूपमा पालन गरेको भए सायद अहिलेको परस्थिति आउनबाट धेरै हद सम्म जोगिने थियो जस्तो मलाई लाग्छ । तत्कालिन असफल गृहमन्त्री नेपाली कांग्रेसका नेता रमेश लेखकको सचिवालय प्रमुख भएर सेवा, चाकडी गरेकै कारण मन्त्रालयमा रहेका धेरै सिनियर प्रथम श्रेणीका सह–सचिवहरू लाई उछिनेर हनुमान जी ले मापदण्ड बिपरित उनलाई बाँकेमा सरुवा गरिदिएका हुन ।
जिल्लामा सिडिओ भएर आए पछि जनताको कामको सिलिसिलामा उनीसँग मेरो फोनमा १,२ पटक संवाद गर्ने संयोग जुरेको थियो तर त्यति बेला पनि उनको त्यही दुश्साहासपुर्ण दम्भ र अंहकारपुर्ण अभिब्यक्ति थियो, ‘श्री पशुपतिनाथबाट भोले बाबा प्रकट भएर आए पनि मैले कसैले भनेको मान्दैन’ भनेर उनले पंक्तिकार (नेपाली कांग्रेस बांके क्षेत्र नं १ का सभापति ) लाई भने । पछि मैले उनलाई फोन गर्न र कानुन सम्मत हुने कुनै कामको लागि अनुरोध गर्न पनि छोडिदिए । मलाई यति बेला मेरो मानसपलटमा माओबादी द्वन्द कालको समयमा २०५८–०५९ साल तिर मुलुकमा चरम संकटकाल रहेको बेलाको एउटा कुरा याद आईरहेको छ । त्यतिवेला बाँकेमा एकजना मै हुँ भन्ने सिडिओ आएर अहिलेका सिडिओ भन्दा पनि क्रान्तिकारी भएर हनुमान जी कै शक्ति भन्दै जनप्रतिनिधि माननीय सांसद, राजनैतिक दलका नेता पत्रकार, उधोगपति ब्यापारी लगायत समाजका सबै पक्षलाई यसरी नै आतंकित बनाउने काम गरेका थिए । त्यतिबेला उनै सिडिओको आदेशले गोली लागेर कारागारमा २ जना कैदी बन्दीको मृत्यु भएको थियो । त्यही कारण उनी राता–रात जिल्ला छोडेर भाग्नुपर्ने अवस्था सृजना भएको थियो ।
संयोगले अहिलेको सिडिओको आदेशले पनि कारागारमा सुरक्षाकर्मीको गोली लागेर ५ जना बाल कैदी बन्दीको मृत्यु भएको छ । कारागारमा सुरक्षाकर्मीको गोलीबाट ५ बाल कैदीको मृत्यु भएको घटनामा सिडिओले कानुनी प्रक्रिया अघि बढाउन सहयोग नगरेको पीडित परिवारको आरोप छ । उनीहरू अहिले न्यायको लागि स्थानिय प्रशासन देखि गृह मन्त्रालय सम्म धाईरहेका छन
यो घटना कुनै साधारण गल्ती होइन, सिडिओको समन्वय क्षमताको अभावमा भएका मृत्यु हुन्, जसको जिम्मेवारीबाट उनि पन्छिन सक्दैनन् । सिडिओले यसको जिम्मेवारी लिनैपर्छ कुनै बहानाबाजीमा भाग्न पाउदैनन् ।
सरकारले पनि यसको न्यायोचित छानबिन गरी दोषीलाई कारवाही तथा पीडितलाई न्याय दिनुपर्छ । हेरौ अब जेन्जी सरकारले हनुमान जी को कसरी मुल्यांकन गर्छ ! त्यति वेलाको सिडिओ को जस्तै अहिले पनि धेरै जनप्रतिनिधि, राजनैतिक दलका नेताहरू संचारकर्मी तथा अधिकारकर्मीहरूसँग अहिलेका सिडिओ धर्मराज जोशीको पनि दोस्रो पटक सम्बाद कमै मात्र हुदो रहेछ ।
सिडिओले प्रशासनिक दम्भका आधारमा यसरी नै धेरै ब्यक्तिहरूलाई मानमर्दन गर्ने, अपमानित गर्ने घटनाहरू निरन्तर दोहोरिदै गर्दा संचार, कानुन र मानव अधिकारसँग सम्बन्धित बिभिन्न पेशागत संघ संगठन, नागरिक समाज, अधिकारकर्मीहरू र कानुन व्यवसायीहरूले सिडिओलाई आफ्नो क्षेत्राधिकार भित्र रहेर समाज र सेवाग्राहीहरूसँग लोकतान्त्रिक आचरणको लागि सचेत गराउँदा उल्टै सिडिओले त्यसरी सचेत गराउने कार्यमा संलग्न रहेका सामाजिक अभियन्ता, संचारकर्मी र अधिकारकर्मीहरू र उनका परिवार र आफन्तजनलाई समेत प्रतिशोध साधेर मुद्धा लगाउछु थुन्छु भनेर धम्क्याउनुका साथै कार्यालय समेतलाई जलाई दिने अपराधिक मानसिकताको अभिब्यक्ति दिएका छन। जसको ज्वलन्त उदाहरण हो ईन्सेकको कार्यालय जलाई दिने र सामाजिक अभियन्ता नागरिक समाजका अगुवा कष्ण प्रसाद श्रेष्ठका दाजुका छोरा बिज्ञान श्रेष्ठ प्रति देखाईएको प्रतिशोध ।
सायद सिडिओलाई मुलुकमा लोकतान्त्रिक र गणतान्त्रिक ब्ययवस्था छ भन्ने कुरा हेक्का छैन जस्तो लाग्यो नत्र भने लोकतन्त्रमा सबैको आत्म सम्मान र स्वाभिमानलाई सम्मान गर्नुपर्दछ भन्ने सिडिओलाई सामान्य मर्यादा सम्म ख्याल नहुनु दुःखद कुरा हो । सिडिओले पत्रकारलाई मात्रै होईन जनप्रतिनिधि, राजनैतिक दलका नेतृत्व नागरिक समाजका अघुवा, अधिकारकर्मी र निजामति कर्मचारी लाई समेत पटक पटक यसरी नै निरन्तर रूपमा हुर्मत लिने र मान मर्दन गर्दै आएका छन । अरूलाई आदर्श र नैतिकताको पाठ सिकाउने सिडिओले हनुमान जी मेरा मात्रै होईनन अरूका पनि हुन र अरू पनि म भन्दा धेरै हनुमान भक्त छन भन्ने कुरा बुझ्न जरूरी छ । गृह मन्त्रालयमा प्रथम श्रेणीका सिनियर सहसचिवहरूले जिल्लाको सिडिओ नपाउदै गर्दा प्रथम श्रेणीमा बढुवा भएको ३५ दिन नपुग्दै तत्कालिन गृह मन्त्री रमेश लेखकको सचिवालयमा बसेकै कारण बाँकेको सिडिओ सरुवा पाएका धर्म राज जोशी ले म कसरी बाँके आए भन्ने कुरा बुझ्न जरूरी छ ।
उनलाई लाग्ला म त प्रथम श्रेणीको सह–सचिव हु तर यहाँ द्धितिय श्रेणीका पनि सिडिओ भएर आए । हो पक्कै पनि सुर्य बहादुर खत्री र राम बहादुर कुरूवांग लगायत केही द्धितिय श्रेणीका अधिकृतहरू बाँकेमा सिडिओ भएर आए तर यो पनि बुझ्न पनि जरूरी छ की उनीहरू कम्तिमा ३,४ वटा क र ख बर्गका जिल्लाको सिडिओ चलाएर बाँकेको सिडिओमा सरुवा भएर आएका थिए । सायद त्यति वेला मन्त्रालयको मापदण्ड पनि थिएन । तर मलाई लाग्छ तह र श्रेणी भन्दा मान्छेको क्षमता, योग्यता र व्यवहारले जिल्ला चल्दो रहेछ जो सँग म प्रशासक हुँ मैले अरू माथी शासन चलाउने हो भन्न्ने मानसिकताको बिकास हुन्छ तब तह र श्रेणीको कुनै अर्थ रहदैन ।
द्धितिय श्रेणी कै भए पनि कुरूवांग र खत्री लगायतका सिडिओहरूलाई बाँकेको चेतनशिल समाजले अहिले पनि सम्झिन्छ पक्कै पनि उनिहरूले बाँकेमा प्रशासन सँगै समाज प्रति देखाएको लोकतान्त्रिक व्यवहारले हो भन्ने मलाई लाग्छ । प्रशासक हुँ मैले जे गर्दा पनि हुन्छ भन्ने दम्भ र अंहकार बोकेका सिडिओ सावले द्धितिय श्रेणीमा कति वटा र प्रथम श्रेणी सहसचिवमा कति वटा क र ख जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा काम गरेर बाँके सरुवा पाएका हुन त्यो मलाई भन्दा उनलाई नै धेरै थाहा होला । तर फेरी पनि म उनको केही नेतृत्व क्षमताको सम्मान गर्दै यो लोकतान्त्रिक, गणतान्त्रिक ब्यवस्था हो यो ब्यवस्थामा सबै समान हुने भएकाले पंचायतकाल र शाही शासनकालका प्रशासकको जस्तो दम्भ र अंहकार त्यागेर तानाशाह बन्ने सोचबाट मुक्त हौऊ र सबैको आत्म सम्मान र स्वाभिमानलाई सम्मान गर्न सिक भन्ने सुझाव दिन चाहान्छु ।