लुम्बिनी स्पोर्टस अवार्ड संयोजक शाह बहराइन जादैं
Sunday, October 19th, 2025, 6:47 am
Kalpristha
नेपालगन्ज, कात्तिक २ गते
लुम्बिनी स्पोर्टस अवार्ड संयोजक चाहना शाह चाहना शाह तेस्रो एसियन युथ गेम्समा सहभागि हुन बहराइन जानु हुने भएको छ । उहाँलाई लुम्बिनी स्पोर्टस अवार्ड आयोजक रंगशाला नेपाल मिडिया प्रालीले विदाई गरेको छ । शाहलाई नेपालगन्ज उपमहानगरपालिकाको निवर्तमान उपप्रमुख उमा थापा, रंगशाला नेपाल मिडिया प्रालीका प्रबन्ध निर्देशक कमल खत्री, गायक एवम् संगीतकार सुनिल सिंह ठकुरी र खेल पत्रकार गजे थापा(जी.थापा)ले विदाई गर्नु भयो । युथ ओम्पिक एम्वेसडर शाह ट्राइथोलनका अन्तराष्ट्रिय अफिसियल हो ।

………..
बहराइनमा अक्टोवर २२ देखि ३१ सम्म हुन लागेको तेस्रो एसियन युथ गेम्समा शाहले अन्तराष्ट्रिय टेक्निकल अफिसियलको रुपमा जिम्मेवारी निर्वाह गर्नु हुनेछ । उक्त प्रतियोगितामा १२ अन्तराष्ट्रिय अफिसियल सहभागि हुदैछ । त्यसमा चार महिला रहेका छन् । शाह भने नेपालबाट प्रतियोगितामा सहभागि हुने एक्लो अफिसियल हुनहुन्छ ।

……….
निवर्तमान नगरउप्रमुख थापाले नेपालगन्जको चेलीले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा अफिसियलको रुपमा प्रतिनिधित्व गर्नु नेपालकै लागि लागी गर्वको विषय भएको बताउनु भयो । उहाँले भन्नु भयो,‘उहाँलाई विदाई गर्न पाउँदा खुसी लाग्यो । नेपालगन्जमा खेलाडीसँगै अन्तराष्ट्रिय अफिसियलहरु उत्पादन भैरहनु भएको छ । यसले नेपालगन्ज र नेपालकै खेलकुदको विकास योगदान पुग्नेछ । हामीले खेलकुदबाट हाम्रो सहरलाई समृद्धि बनाउन सक्छौं । त्यसका लागि चाहना जस्तै युवाहरुको सक्रियताको नेपाली समाजलाई खाँचो छ ।’
शाहले करिब आधा दर्जन अन्तराष्ट्रिय प्रतियोगितामा अफिसियलको रुपमा जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । शाहले नेपालमा भएका राष्ट्रिय खेलकुद प्रतियोगितासँगै साग खेलकुद प्रतियोगिता, सन् २०२१ मा चीनमा भएको एसियन गेम्स, सन् २०२२ मा चीनमै भएको एसियन गेम्स, सन् २०२५ भएको एसिया ट्राइथोलन कप तथा साउथ एसियन च्याम्पियनसीपमा अफिसियलको रुपमा काम गर्नु भएको थियो ।
नेपालमा पनि ट्राइथोलनको सम्भावना बढ्दै गएको बताउँदैं शाहले खेलकुदको माध्यमबाट युवाहरुलाई सशक्त बनाउन आफुले काम गरिरहेको शाहले बताउनु भयो । उहाँले भन्नु भयो,‘नेपालले अन्तराष्ट्रिय स्तरका प्रतियोगिता पोखरामा आयोजना गरिसकेको छ । ट्राइथोलनले पनि नेपाललाई पछिल्लो समय चिनाउने काम गरेको छ । हामी युवाहरुले अझ मिहिनेत गरे अन्तराष्ट्रिय स्तरमा महत्वपुर्ण सफलता हासिल गर्न सक्छौं ।’