एनपिएल ट्रफी टुरले नागरिकको समर्थन बढाउँदैं
Tuesday, November 4th, 2025, 7:24 am
Kalpristha
नेपालगन्ज, कात्तिक १८ गते
बाँकेको कोहलपुर र नेपालगन्जमा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी टुर कार्यक्रम गरिएको छ । एनपिएलको दोस्रो संस्करण सुरु हुनुपूर्व गरिएको ट्रफी टुर कार्यक्रम बाँके र बर्दियाका विभिन्न स्थानमा गरिएको थियो । ट्रफी टुर कार्यक्रम अन्र्तगत बाँकेका ठूला दुई शहर कोहलपुर र नेपालगञ्ज तथा बर्दियाको बाँसगढीमा लुम्विनी लायन्सको टिम ट्रफि सहित पुगेको थियो ।
एनपीएलप्रति सर्वसाधारणको समर्थन आर्जन गर्ने उद्देश्यले ल्याइएको ट्रफीलाई कोहलपुर चौराह, कोहलपुरको क्रिकेट मैदान, नेपालगञ्जको वागेश्वरी मन्दिर, मंगलप्रसाद मावि तथा नेपालगञ्ज रंगशालासम्म पु¥याइएको थियो ।
कोहलपुर चौराहामा कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता पौडेल, नेपाल क्रिकेट संघका केन्द्रीय छनोट समितिका सदस्य तथा पूर्व कप्तान लेखबहादुर क्षेत्री तथा नेपाली महिला क्रिकेट टिमका पूर्व उप कप्तान ममता थापाले संयुक्त रुपमा ट्रफीलाई स्वागत गर्नु भएको थियो ।

………

…………
ट्रफीलाई स्वागत नेपाली महिला क्रिकेट टिमका पूर्व उपकप्तान ममता थापाले ट्रफी टुर नेपाली खेलकुद जगतमा पहिलोपटक भएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘विश्व इतिहासको खेल जगतमा विश्वकप ट्रफीलाई यसरी नै हरेक देश मा ट्रफी टुर गराउने अभ्यास छ । नेपाल प्रिमियर लिगको चर्चालाई अझै जनतासम्म पु¥याउउनको लागि यस्तो खालको ट्रफी टुर गर्नु असाध्यै राम्रो हो । नेपाल विश्वकपमा छनौट भइसकेको छ ।’
टिमका मेन्टर शक्ति गौचनले विभिन्न स्थानमा नागरिक, क्रिकेटप्रेमीहरूले भव्य स्वागत गरेको बताउनु भयो ।
एनपीएलको दोस्रो संस्करण सुरु हुनुपूर्व आयोजना गरिएको ट्रफी टुरले प्रतियोगिताप्रति नागरिकमा झनै चासो र कौतुहलता बढाएको गौचनले बताउनु भयो ।
नेपाली पुरुष राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले पहिलो सिजनमा औसत प्रदर्शन गरेको थियो । यसपटक भने उपाधि जित्ने लक्ष्यसहित लुम्बिनी लायन्स दोस्रो संस्करणमा सहभागिताका लागि आतुर छ । एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सुरु हुँदैछ ।
एनपीएलको दोस्रो संस्करण सुरु हुनुपूर्व लुम्बिनी प्रदेशका विभिन्न सहरमा ट्रफी टुर कार्यक्रम गरिएको हो । एनपीएल टिम लुम्बिनी लायन्सको सक्रियतामा लुम्बिनीका विभिन्न २८ स्थानमा एनपीएल ट्रफी टुर गरिएको छ ।