केटरिनाको तस्विर फाइरल बनेपछि नयाँ वहस सूरु
Tuesday, November 4th, 2025, 7:35 pm
Kalpristha
कालपृष्ठ डेक्स
एजेन्सी, १८ कात्तिक
गर्भवती हुँदा घरको बाल्कोनीमा खिचिएका अभिनेत्री कट्रिना कैफका निजी तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल भैरहेको छ । उक्त तस्विर बलिउडमा बहसको नयाँ विषय बनेको छ ।
यी तस्वीर उनको अनुमति बिना खिचिएका थिए र उनको ‘बेबी बम्प’ स्पष्ट रूपमा देखिन्छ । कट्रिना सधैं व्यक्तिगत जीवनलाई लिएर सतर्क हुने अभिनेत्री हुनुहुन्छ तर, निजी जीवनका फोटो सार्वजनिक भएपछि उहाँ दुःखित हुनुहुन्छ ।
प्रशंसक र बलिउडका अन्य कलाकार पनि यो फोटो भाइरल बनेपछि आक्रोशित छन् । मिडिया आउटलेट र फोटोग्राफरप्रति आफ्नो उनीहरू क्रुद्द देखिन्छन् ।
प्रशंसकले यसलाई ‘गोपनीयता उल्लघंन’ र ‘आपराधिक कार्य’ भएको प्रतिक्रिया दिइरहेका छन् । सेलिब्रेटी सामान्य मानिसजस्तै जीवन बिताउन चाहन्छन, र उनीहरूको गोपनीयताको सम्मान गरिनुपर्छ भन्दै प्रशंसकले कारबाहीको लागि प्रहरीलाई आग्रह समेत गरेका छन् ।
अभिनेत्री सोनाक्षी सिन्हाले मिडिया पोर्टलमाथि आक्रोश पोख्नु भएको छ । उहाँले उक्त कुराको आलोचना गर्दै भन्नु भएको छ, ‘तिमीहरूलाई के भएको छ ? आफ्नै घरमा महिलाको अनुमति बिना तस्वीर खिच्नु र सार्वजनिक गर्नु ? तिमी अपराधीभन्दा कम छैनौ, लज्जास्पद ।’
सोनाक्षीको जवाफ इन्टरनेटमा हजारौं लाइक र समर्थनका साथ भाइरल भयो, जसले गोपनीयताको बहसलाई थप चर्काइदियो ।यस्तो घटना भएको यो पहिलो पटक होइन । हालै, अभिनेत्री आलिया भट्टको घर बाहिर उहाँको निजी तस्वीर खिचिएको थियो र प्रसारित गरिएको थियो । त्यसपछि आलियाले मुम्बई प्रहरीलाई ट्याग गर्दै कारबाहीको लागि माग गर्नु भएको थियो ।