नेपालगन्जमा हिरो विशेष ‘एक्सचेन्ज क्याम्प’ सुरु
Sunday, November 16th, 2025, 9:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० कात्तिक
नेपालगन्जमा हिरो मोटरसाइकल तथा स्कुटरका ग्राहकको लागि विशेष एक्सचेन्ज क्याम्प सुरु भएको छ । सिटी मोर्टस अन्तर्गतको एमएस ट्रेड इन्टरनेशनलले संचालन गरेको यो क्याम्पमा पुरानो सवारी साटेर नयाँ हिरो मोडेलमा आकर्षक छुट, बोनस तथा विशेष सुविधा प्रदान गरिँदैछ ।
‘हिरो एक्सचेन्ज एण्ड इभल्भ’ नामक विशेष क्याम्प मार्फत कम्पनीले पुरानो सवारी साट्दा कम्तीमा पच्चीस हजार रुपैयाँसम्मको न्यूनतम मूल्यांकन प्रदान गर्ने घोषणा गरेको छ । जसले विभिन्न वर्षका तथा विभिन्न अवस्थामा रहेका सवारी धनीका लागि सहज र आकर्षक अवसर सिर्जना गरेको छ ।
पुरानो सवारीको वास्तविक मूल्यभन्दा बाहेक थप दस हजार रुपैयाँ बोनस प्रदान गरिने भएपछि धेरै ग्राहकले पुरानो मोडेल परिवर्तन गरी नयाँ हिरो मोडेल रोज्ने वातावरण बनाइएको छ । एक्सचेन्ज नगरी सोझै नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकको लागि पनि आठ हजार रुपैयाँ नगद छुट उपलब्ध गराइएको छ, जसले यस क्याम्पलाई अझ आकर्षक बनाएको छ ।
क्याम्पमा सहभागी हुने ग्राहकले नयाँ बाइक किन्दा हेल्मेट, बाइक कभर, ब्याग र ग्लोभ्स जस्ता आवश्यक एक्सेसरीज निःशुल्क प्राप्त गर्न सक्नेछन् । सजिलो किस्ताबन्दीको सुविधा चाहनेको लागि जगदम्बा हायर पर्चेजमार्फत तत्काल र सरल फाइनान्स सुविधा प्रदान गरिएको छ, जसका कारण न्यूनतम कागजातमै नयाँ सवारी घर लैजान सकिनेछ ।
यस वर्ष हिरोले बजारमा ल्याएको नयाँ मोडेल ‘एक्सओओएम–१२५ आर’ पनि ‘न्यू अराइभल’ को रूपमा सोही क्याम्पमा प्रदर्शित गरिएको छ । आधुनिक डिजाइन र आकर्षक स्टाइल भएको यो मोडेलले युवा ग्राहकको ध्यान विशेष रूपमा तानेको कम्पनीले बताएको छ । साथै हिरो ब्रान्डका सबै मोडेलमा पाँच वर्षको वारेन्टी सुविधा उपलब्ध भएकाले ग्राहकको विश्वास झन् बलियो भइरहेको शोरूमका प्रतिनिधिहरूको भनाइ छ ।
छ दिनसम्म चल्ने यो विशेष क्याम्पले नेपालगन्ज, कोहलपुर, खजुरा तथा आसपासका क्षेत्रका ग्राहकलाई नयाँ र आधुनिक हिरो सवारी छनोट गर्न सहज वातावरण सिर्जना गरेको छ । इच्छुक ग्राहकले मंसिर १ गते देखि ६ गते कारकादो स्केट पार्कमा पुगेर अफर तथा सुविधाको लाभ लिन सक्ने व्यवस्था गरिएको छ ।

……
मंसिर १ देखि ६ गतेसम्म मात्र सञ्चालन हुने भएकाले आवश्यक परेको बेला पुरानो सवारी साटेर नयाँ मोडेल लिन चाहने ग्राहकले अवसर नछुटाउन कम्पनीले आग्रह गरेको छ ।