साइकल यात्रीलाई बाँकेमा स्वागत
Sunday, November 16th, 2025, 9:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० कात्तिक
साईकल मार्फत पुर्व देखि पश्चिम सम्मको साइकल यात्रामा निस्एिको साईकल यात्रीलाई बाँकेमा स्वागत गरिएको छ । पुर्व मेची देखि पश्चिम महाकाली सम्म साईकल यात्रा रहेका साइकल यात्रीलाई बाँकेमा स्वागत गरिएको हो ।
‘भद्रपुर साईकल समाज’का सदस्यहरु गत कात्तिक २३ देखि ३० गते सम्म पुर्व मेची देखि पश्चिम महाकाली सम्मको यात्रामा निस्किएको थियो । यस साईकल यात्रामा यात्रामा जीवन कुमार श्रेष्ठ, मनोज सिंह, देवीबहादुर श्रेष्ठ, समीर पोखरेल र विश्वचन्द्र महतो रहनु भएको छ ।
साइकल यात्रामा सहभागि हुनु भएका जीवन कुमार श्रेष्ठ भद्रपुर नगरपालिकाका निर्वतमान नगर प्रमुख र भद्रपुर साइकल सोसाइटीका अध्यक्ष समेत हुनुहुन्छ । ‘महाकाली–मेची टेन्डम साइकल’ बाट यात्रा गर्नु भएका नेपालगन्जका दुई साईक्लिस्ट सतिश निरौला र रमेश कुमार मल्लले आइतबार बाँकेको ढकेरीमा ‘भद्रपुर साईकल समाज’का सदस्यहरुलाई स्वागत गर्नु भएको थियो । ‘भद्रपुर साईकल समाज’ साइकल यात्रीहरु आफनो यात्राको आठौं दिन बाँकेमा प्रवेश गर्नु भएको थियो ।
उहाँहरुको आगामी यात्राको लागि विदाई गर्दै साईक्लिस्ट निरौला र मल्लले विदाई गर्नु भएको थियो । नेपालमा केहि वर्ष यता साइकल मार्फत देश भ्रमण गर्नेको संख्या बढिरहेको छ । बाँकेमा पनि साईकल संस्कृतिको विकास भैरहेको छ ।