नीलसागर सेवाश्रममा सुबिसुको निःशुल्क इन्टरनेट सेवा
Sunday, December 28th, 2025, 6:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, पुष १३ गते
सुबिसु लिमिटेडले २५औं वार्षिक उत्सवको अवसरमा नेपालगन्जको नीलसागर सेवाश्रमलाई निःशुल्क रुपमा इन्टरनेट सेवा प्रदान गर्ने घोषणा गरेको छ ।
आइतबार सुबिसु लिमिटेडका क्षेत्रीय प्रबन्धक खगेन्द्र शाहीले नीलसागर सेवाश्रमका सदस्य यम कान्त खनाललाई राउटर प्रदान गर्दै निःशुल्क सेवा उलब्ध गराएको घोषणा गर्नु भएको थियो ।
मानवताको कुनै जात, धर्म, लिङ्ग, रंग र देश हुँदैन भन्ने भावनाका साथ असाहाय व्यक्तिलाई नीलसागर सेवाश्रमले सेवा गर्दै आएको छ ।
मानव सेवामा निःस्वार्थ भावले काम गरिरहेको नीलसागर सेवाश्रमको सेवालाई थप प्रभावकारी बनाउने इन्टरनेटले सहयोग गर्ने भएकोले निःशुल्क रुपमा सेवा प्रदान गरिएको क्षेत्रीय प्रबन्धक शाहीले बताउनु भयो ।

……….
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले हरेक वर्ष वार्षिक उत्सवको अवसरमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । जस अन्तर्गत यस वर्ष सुबिसु लिमिटेडले नीलसागर सेवाश्रमलाई अब देखि निःशुल्क इन्टरनेट सेवा दिने घोषणा गरेको हो ।नीलसागर सेवाश्रमका सदस्य यम कान्त खनालले निःशुल्क इन्टरनेट प्रदान गरेकोमा सुबिसु लिमिटेडलाई धन्यवाद दिनु भयो ।