नविनको अध्यक्षमा रास्वपा नेपालगन्ज नगर समिति सर्वसम्मत चयन
Tuesday, December 30th, 2025, 7:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ पुष
नविन खड्काको अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेपालगन्ज उपमहानगर कमिटी गठन गरिएको छ । खड्का यसअघि तदर्थ समितिको अध्यक्ष समेत रहनु भएको थियो । समितिको उपसभापतिमा अर्चना पोख्रेल, सचिवमा घनश्याम भट्ट, सहसचिवमा नितु कुमारी कुँवर क्षेत्री सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
यसैगरी कार्यसमितिको सदस्यहरुमा राधेश्याम यादव, विशाल बर्मा, स्नेहा प्रसाई, रमेश केशर खनाल, कृष्ण प्रसाद मरासीनी, जीवन सिंह परियार, असलम अलि कवडिया, गीता पौडेल, अलिम अहमद हलवाई, कलावती श्रेष्ठ(प्रभा), सिमिता श्रेष्ठ, संजय कुमार शर्मा, इन्द्र बहादुर खत्री र तिरथराम यादव रहनु भएको छ ।

………
नेपालगन्जको सिद्धार्थ कटेजमा भएको प्रथम नगर अधिवेशनमा केन्द्रिय प्रवक्ता मनिष झा, केन्द्रिय सदस्य एवम सचिवालय सदस्य हरि ढकाल, लुम्बिनी प्रदेश सह–महामन्त्री पिएम उपाध्याय लगायतको विशेष उपस्थिती रहेको थियो । नगर अधिवेशनको अवसरमा पत्रकार एवम् साहित्यकार कपिल अन्जन सहितका युवाहरु पनि रास्वपा पार्टीमा प्रवेश गरेको पार्टीले जनाएको छ ।