अब बस्नेतले कमाण्ड गर्नेछन् नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके
Tuesday, December 30th, 2025, 8:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ पुष
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेको अध्यक्षमा दुर्गा सिंह बस्नेत निर्वाचित हुनु भएको छ । बस्नेतले १ सय ३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुदा उहाँका निकटतम प्रतिस्पर्धी शिव कुमार गुप्ताले १ सय १ मत पाउनु भयो । शाखाको प्रथम उपाध्यक्ष तारा प्रसाद खनाल निर्विरोध हुँदा द्धितिय उपाध्यक्षमा भने निर्वाचन भएको थियो ।
द्धितिय उपाध्यक्षमा मोहन चन्दले १ सय २४ मत पाउँदा उहाँको प्रतिस्पर्धी निर्मला हमालले ७९ मत पाउनु भएको थियो । सचिवमा सबिन लुइटेल निर्विरोध हुनु भयो । सहसचिव पदमा भएको निर्वाचनमा विसम्बर वली १ सय १० मत सहित विजयी हुनु भयो ।
उहाँसँग प्रतिस्पर्धा गर्ने ईश्वरी पौडेलले ९२ मत प्राप्त गर्नु भयो ।
कोषाध्यक्षमा हिरालाल न्यौपाने निर्विरोध निर्वाचित हुँदा सदस्य पदमा पनि सर्वसम्मत भएको थियो । सदस्यहरुमा डिल्लीराज डाँगी, प्रकाश कडेल, शोभाखर अधिकारी, यज्ञ कुमार गुरुङ, रमेश रिजाल, राजेन्द्र कुमार सोनी, बिष्णु प्रसाद अधिकारी, राजिव चौधरी, गणेश बहादुर जिएम, गणेश बहादुर थारु, धन बहादुर खड्का, रमेश बिएम, डिल बहादुर शाही निर्विरोध निर्वाचित हुनु भएको छ ।