समाज कल्याण सहकारीको अध्यक्षमा राजेन्द्र विसी चयन
Saturday, January 3rd, 2026, 6:56 pm
Kalpristha
पहल केसी
नेपालगन्ज, १९ पुस
समाज कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजेन्द्र बहादुर विसीलाई चयन गरिएको छ । शनिबार संस्थाको २१ औं वार्षिक साधारण सभाको बहुमतबाट विसीलाई आगामी एक वर्ष कार्यकालको लागि अध्यक्ष पदमा चयन गरिएको हो ।
सहकारीका निर्वमान अध्यक्ष बसन्त कुमार जोशीले आफ्नो पारिवारिक कामले सहकारीमा समय दिन नसक्ने भएपछि कार्यकाल सकिन एक वर्ष अगावै अध्यक्ष पदबाट राजिनामा दिनु भएको थियो ।
आफु कामको शिलशिलामा जिल्ला बाहिर जानुपर्ने कारण बताउँदै अध्यक्ष जोशीले पदबाट राजिनामा दिनु भएको हो । उहा“को राजिनामा साधारण सभामा पेश गरिएको थियो ।
सभामा नया“ समितिको पदाधिकारीहरु प्रस्तुत गरिएपछि बहुमतले चयन गरिएको थियो । समितिको उपाध्यक्षमा अयोध्या प्रसाद पासी, सचिवमा राज कुमार कहार, सह–सचिवमा देवान्त थापा क्षेत्री र कोषाध्यक्षमा उमानाथ तिवारीलाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा मिठ्ठु श्रेष्ठ, विनय शम्सेर राणा, विरेन्द्र बहादुर आरसी, प्रेम बहादुर वली, पुजन कुमार न्यौपाने र पंकज कुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको छ ।
सहकारीको अधिवेशन साधारण सभा नभए पनि कार्यकाल सकिन एक वर्ष अगावै संचालक समिति परिवर्तन भएको हो । लेखा समिति संयोजकमा जोग बहादुर कुँवर र सदस्यहरुमा विनिता आरसी र गोविन्दमान श्रेष्ठ चयन हुनु भएको छ । राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्माचारीहरु शेयर सदस्य रही बचत तथा ऋण र विभिन्न सेवा मुलक कार्य गर्दै आएको यो सहकारी नेपालगञ्ज– ६ फुल्टेक्रामा अवस्थित छ ।
साधारण सभामा बोल्दै सभाका प्रमुख अथिति तथा नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द्र रेग्मीले सहकार िसहकारी आपसी सहकार्यमा चल्ने भएको हुँदा साना–साना बचतहरुलाई संकलन गरी आफ्नै शेयर सदस्यहरुलाई आर्थिक सहायत दिंदै आएकोले सबैं मिलेर लाग्नु पर्ने बताउनु भयो । निवर्तमान अध्यक्ष जोशीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार गत आ.व. २०८१–०८२ मा १ करोड ३६ लाख ४५ हजार १ सय ६५ रुपैयाँ ४२ पैसा कुल बचत संकलन गरेको छ । आम्दानी खर्च बा“डफाड गर्दा गत आ.व.मा १ लाख ३७ हजार एक सय ९४ रुपैयाँ ७ पैसा घाटामा रहेको देखिएको छ । संस्थामा यो रकम घाटा हुनुमा विभिन्न कारण सहित प्रस्तुत गरिएको छ ।