खजुराको राधापुरमा उद्घोषण तालिम सुरु
Saturday, January 10th, 2026, 7:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २६ पुस
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरमा युवाहरुको लागि उद्घोषण तालिम सुरु भएको छ । रंगशाला नेपाल मिडिया प्रालीको आयोजना र खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरको आर्थिक सहयोगमा सुरु भएको तालिम पाँच दिन सम्म चल्नेछ । शनिबार खजुरा गाउँपालिका वडा नम्बर १ अध्यक्ष मनवीर क्षेत्रीले तालिमको उद्घाटन गर्दै उद्घोषण तालिमले युवाहरुमा अन्तरनिहित क्षमताको विकासमा गर्न सहयोग गर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘युवाहरुले समाज आफनो सकारात्मक भुमिका निर्वाह गर्न सक्नु पर्छ । उहाँहरुले राधापुरको बारेमा पनि बोल्न सक्ने हुनु पर्छ । तालिममा अनुशासित भएर सहभागि हुन म युवाहरुलाई अनुरोध गर्दछु ।’
उद्घाटन समारोहमा खजुरा गाउँपालिका कार्यपालिका सदस्य एवम् १ नम्बर वडा सदस्य विष्णु सुनारले यस्ता तालिमले युवाहरुमा समाजका भएका समस्या र चुनौतीलाई प्रष्ट रुपमा राख्न सहयोग गर्ने बताउनु भयो ।
रंगशाला नेपाल मिडिया प्रालीका प्रबन्धक कमल खत्रीले तालिम युवाहरुको लागि महत्वपुर्ण भएको बताउँदै समुदायको सकारात्मक परिवर्तनमा उद्घोषण तालिमले सहयोग गर्ने बताउनु भयो ।

………
तालिमका सहभागीहरुलाई पत्रकार ओवीराज आचार्य, समिरमान श्रेष्ठ, ममता थापा लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पाँच दिने उद्घोषण तालिमले युवाहरुलाई संचार र पत्रकारिताको क्षेत्रमा पनि नयाँ अवसर पनि प्रदान गर्न सक्ने पत्रकार गणेश राईले बताउनु भयो । वडा कार्यालयको हलमा सुरु भएको कार्यक्रममा राधापुरका २० जना युवाहरुको सहभागिता रहेको छ ।