बाँकेबाट वाल्मिकी भए कांग्रेसको केन्द्रिय सदस्य
Thursday, January 15th, 2026, 1:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ माघ
संविधान सधा सदस्य मैकुलाल वाल्मिकी बाँकेबाट लगातार दोस्रो पटक नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । गगन थापाको नेतृत्वमा रहेको केन्द्रिय कार्यसमितिमा वाल्मिकी दलित–खुला तर्फबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको हो ।
केन्द्रिय सदस्यमा निर्वाचत भएपछि अबको राजनितिको बागडोर युवाहरुले सम्हाल्ने समय आएको नेता वाल्मिकीले बताउनु भयो । उहाँले भन्नु भयो,‘अहिले अवस्थामा कांग्रेस नयाँ सोच र विचारलाई लिएर अगाडी बढनु पर्छ । त्यसको लागि देशमा आएको संकटलाई व्यवस्थापन गर्नको लागि नयाँ सोच र नयाँ नेतृत्वको आवश्यकता छ । जुन महाधिवेशनबाट हामीले ल्याएका छौं । मलाई केन्द्रिय सदस्यको जिम्मेवारी दिनु भएकोमा सम्पुर्ण महाधिवेशन प्रतिनिधिलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ काठमाडौंमा भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा चयन भएका छन् ।
भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाललाई चयन गरेको छ ।
त्यसैगरी महामन्त्रीमा गुरु घिमिरे र प्रदिप पौडेल चयन भएका छन् ।