विश्वमा कोरोना सङ्क्रमितको संख्या २ करोड ५६ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ८ लाख ५४ हजारभन्दा बढी
Tuesday, September 1st, 2020, 1:44 pm
amit
एजेन्सी, १६ भदौ । हाल विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ५६ लाख ३८ हजार २३० पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ। साथै मङ्गलबारसम्म विश्वभरी आठ लाख ५४ हजार ७७५ जना कोरोना संक्रमितको मृत्यु भएको (डब्लुएचओ)ले बताएको छ।
मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार हालसम्म एक करोड ७९ लाख ४२ हजार ९११ व्यक्ति संक्रमणमुक्त भइसकेका छन् भने विश्वभरमा ६८ लाख ४० हजार ५४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमितहरुको उपचार भइरहेको छ । ती सङ्क्रमितहरु मध्ये ६१ हजार १५८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ।
डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्कका आधारमा कोरोना महामारीबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको अवस्थाः
गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ६२ लाख ११ हजार ७९६ पुगेको छ । कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ८७ हजार ७३६ जनाको मृत्यु भइसकेको बताइएको छ।
ब्राजिलमा ३९ लाख १० हजार ९०१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् भने कोरोना संक्रमणबाट १ लाख २१ हजार ५१५ जनाको मृत्यु भइसकेको छ।
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ३६ लाख ९१ हजार १६६ पुगेको छ। यहाँ ६५ हजार ४३५ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।
रुसमा ९ लाख ९५ हजार ३१९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १७ हजार १७६ जनाको मृत्यु भएको छ।
पेरुमा कोराना संक्रमितको संख्या ६ लाख ५२ हजार ३७ रहेको छ भने २८ हजार ९४४ जनाको मृत्यु भएको छ।
दक्षिण अफ्रिकामा ६ लाख २७ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार १४९ जनाको मृत्यु भएको छ।
कोलम्बिया ६ लाख १५ हजार १६८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १९ हजार ६६३ जनाको मृत्यु भएको छ।
मेक्सिकोमा ५ लाख ९९ हजार ५६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६४ हजार ४१४ जनाको मृत्यु भएको छ।
स्पेनमा ४ लाख ६२ हजार ८५८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ९४ जनाको मृत्यु भएको छ।
अर्जेन्टिना ४ लाख १७ हजार ७३५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८ हजार ६६० जनाको मृत्यु भएको छ।