रौतहटका विजयराम चमार मृत्यु प्रकरणमा एक इन्स्पेक्टरसहित ३ जना हबल्दार निलम्बनमा
Tuesday, September 1st, 2020, 3:13 pm
amit
रौतहट, १६ भदौ । रौतहटको गरुडा प्रहरी हिरासतमा दलित युवा विजयराम चमार मृत्यु प्रकरणमा एकजना ईन्स्पेक्टर सहित ३ हबल्दार निलम्बनमा परेका छन । प्रहरी हिरासतमा रहेका अभियुक्त विजयरामलाई चरम यातना दिएको भन्ने विषयमा थप अनुसन्धानका लागि ईन्स्पेक्टर नविनकुमार सिंहसहित ३ हबल्दार निलम्बनमा परेका हुन्।
गरुडाको ईलाका प्रहरी कार्यालयले विजयरामलाई गरुडा नपा–८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० का निरन्जन रामको हत्यामा संलग्नता रहेको आरोपमा पक्राउ गरेको थियो भने हिरासतमा नै बिरामी परेका उनको उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका परिवारले प्रहरीको यातनाका कारण उनको मृत्यु भएको भनि आरोप लगाएको छ।
उक्त घटनाबारे अनुसन्धान हुने भएपछि उनको सोधपुछमा संलग्न ईन्स्पेक्टर नविन कुमार सिंह तथा प्रहरी हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंह निलम्बनमा परेका हुन्।
उक्त घट्नाको सम्बन्धमा सिहलाई थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्वन गरि दिन हुन भनि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुरोध गरेको थियो । उनलाई जाँचबुझ समाप्त नहुन्जेलसम्म ६ महिना अवधिको लागि निलम्वन गरिएको छ।
साथै प्रहरी हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंहलाई प्रदेश २ं प्रहरी कार्यालय जनकपुरधाम धनुषाको पत्र अनुसार अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्वन गरिएको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले बताएका छन्।