काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी
Wednesday, September 2nd, 2020, 2:35 pm
amit
काठमाडौ, १७ भदौ । काठमाण्डौ उपत्यकामा बढ्दो माहामारीको प्रभाव न्युनीकरणका लागि निषेधाज्ञाले प्रभावकारी भुमिका खेलेको दाबी गर्दै तीनै जिल्ला प्रशासनले निषेधाज्ञाको अवधी लम्ब्याउने तयारी थालेको छ। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार भदौ ४ गतदेखि जारी गरिएको निषेधाज्ञा कम्तीमा एक साता थप गर्ने तयारीमा तीन जिल्ला प्रशासन पुगेको छ।
आज बिहान एक सञ्चारमाध्यसंग कुराकानी गर्ने क्रममा यसको प्रभाव आगामी दिनको नतिजामा देखिने उनले स्पष्ट पारेकी छिन्। यो बीचमा संक्रमणको दर केही बढेपनि निषेधाज्ञाकै कारण भयावह स्थिती नियन्त्रण गर्न सफल भएको पाण्डेको दाबी छ।
उनका अनुसार पछिल्लो समय गरिएको निषेधाज्ञाका कारण सर्वसाधारणको दैनिकीमा केही असहजता भएपनि महामारी नियन्त्रणका लागि प्रभावकारी भएकाले निरन्तरता दिने पक्षमा आफुहरु अघि बढेको र यसको अन्तिम निर्णय भने गृहमन्त्रालयले गर्नेछ।
उपत्यकामा गत भदौ ४ गते गरिएको निषेधाज्ञाको समयावधी आज राती सकिदैछ । आगामी अवस्थाबारे निर्णय लिन आज अपरान्ह गृहमन्त्रालयले तीनै जिल्लाका प्रतिनिधिसँग छलफल गर्दैछ ।