संसद बैठकबाट सांसद हराए
Monday, January 9th, 2017, 8:24 pm
amit
ब्यवस्थापिका संसद्यको बैठक छाडेर सांसदहरु बढेको तलब बुझन हिडेपछि सोमबार संसद बैठक गणपुरक संख्या नपुगेर स्थगित हुन पूग्यो । स्थानीय तहको निर्वाचन सम्बन्धि विधेयक पेश हुदा संसद बैठक गणपुरक संख्या नपुगेपछि स्थागित भएको थियो ।
विद्येयकमाथी बोल्ने क्रममा जनमोर्चाका सांसद डिल्ली काफ्लेले कोरम नपुगेको भन्दै प्रश्न उठाएपछि सभामुखले १५ मिनेटको सुचनाका लागि घन्टी बजाउदा मात्र १ सय १६ जना सांसद बैठकमा प्रवेश गरेका थिए । संसद बैठक संचालन गर्न कम्तिमा १ सय ४९ जना सांसदको कोरम नपुगेपछि सभामुखले आधा घण्टा बैठक स्थगित गर्नुपरेको थियो ।
यसैबीच, ब्यवस्थापिका संसदले स्थानिय तहको निर्वाचन सम्बन्धि दुई वटा विधेयक सर्वसम्मतले पारित गरेको छ । सरकारकातर्फबाट उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसदमा प्रस्तुत गर्नुभएको स्थानीय तह निर्वाचन विधेयक २०७३ तथा निर्वाचन कसुर तथा सजाय विधेयक २०७३ सर्वसम्मतले पारित भएको हो ।
विधेयक पारित भएसंगै सरकारलाई स्थानिय तहको निर्वाचन गराउने बाटो खुलेको छ । यस्तै स्थानीय निर्वाचन सम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिंदै सांसदहरुले स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकषर्ण गराएका थिए । संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन आवश्यक रहेको भन्दै जति सक्दो चाडो निर्वाचनको मिति तोक्न सरकारसंग माग गरेका हुन।
कंग्रेस सांसद रामहरि खतिवडाले निर्वाचन सम्बन्धी बिधेयक पेश भइसकेकाले सबै दल मिलेर निर्वाचन सफल पार्नु पर्ने बताउनुभयो । बैठकमा भाग लिदै सांसदहरुले जनसरोकारका विषयलाई पनि सम्बोधन गर्न सरकारको ध्यानकर्षण गराएका थिए । उनीहरुले सडक निर्माण गर्दा पीडितलाई पर्याप्त मुआब्जा दिन र भूकम्प पीडितलाई पुनर्वासको व्यवस्था मिलाउन आग्रह गरे । बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ग्राण्ड डिजाइन अनुसार पहाड र तराई अलग गर्ने खेल भइरहेको बताउनुभयो ।
नेपाली जनताको हितमा नभएको संघीयता जर्वजस्ती लाद्न नहुने उहाँले उल्लेख गर्नुभयो । मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले सरकारले बैदेशिक रोजगारमिा गएर मृत्यु भएकालाई बेवास्ता गरेको आरोप लगाउनुभयो ।