आजदेखि नेपालगन्जमा मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदैं
Friday, March 27th, 2026, 7:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, चैत १३ गते
आज देखि प्रथम नेपालगन्ज मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०८२ सूरु हुदैछ । बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा हुन लागेको प्रतियोगिता चैत १३ र १४ गते सम्म चल्नेछ । प्रतियोगिता नेपालगन्ज रंगशालाको कभर्ड हलमा संचालन हुनेछ ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र एचसीआरसी हस्पिटलको सह–प्रायोजनमा हुन लागेको प्रतियोगितामा चार वटा विधा समावेश गरिएको छ ।
जसमा मेन्स डबल्स बी लेभल-खुला), मेन्स डबल्स सी लेभल, भेट्रान्स डबल्स खुला-४५ वर्ष माथि) र सरकारी कर्मचारी विधा समावेश गरिएको प्रशिक्षक एवम् ब्याडमिन्टनका अन्तराष्ट्रिय खेलाडी अनिल लाखेले बताउनु भयो ।
प्रतियोगितामा देशभरका करिब २ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक डा. कुमार सान शाहले बताउनु भयो । प्रतियोगितामा चार वटै विधामा करिब ४ लाख ५० हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगिता नेपाल ब्याडमिन्टन संघका प्राविधिक टिमले संचालन गर्नेछन् । आज बिहान नेपालगन्ज उपमहागरपालिका नगर प्रमुख प्रशान्त विष्ट र बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।