भारतिय प्रधानमन्त्री मोदिको शैक्षिक प्रमानपत्र फेरी अनुसन्धान हुने
Tuesday, January 10th, 2017, 10:27 am
amit
नयाँदिल्ली- भारतिय केन्द्रीय सूचना आयोग (सिआइसी)ले सोमबार दिल्ली विश्वविद्यालयलाई प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक प्रमाणपत्र अनुसन्धान गर्न निर्देशन दिएको छ । गत वर्ष आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरिवालले प्रधानमन्त्री मोदीको शैक्षिक योग्यतामा शंका रहेको दाबी गर्दै सिआइसीलाई अनुसन्धान गर्न आग्रह गरेका थिए ।
केजरिवालले मोदीको स्नातक तहको प्रमाणपत्र शंकास्पद भएको दाबी गरेका थिए । सिआइसीले एक वर्षपछि मोदीको शैक्षिक प्रमाणपत्र जाँचबुझ गर्न तत्परता देखाएको हो । यसअघि पनि सिआइसीले मोदीको प्रमाणपत्र सम्बन्धमा अनुसन्धान गरेको थियो । मोदीले दिल्ली विश्वविद्यालयबाट स्नातक तह पास गरेका थिए । भारतीय मिडियाहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् १९७८ मा मोदी दिल्ली विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएका थिए । उनले सन् १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए तह पास गरे ।
सिआइसीले गत वर्ष दिल्ली विश्वविद्यालयलाई मोदीसँग सम्बन्धित सबै डाटाहरू उपलब्ध गराउन निर्देशन दिएको थियो । र, विश्वविद्यालयकी अफिसर मीनाक्षी सहायले मोदीको प्रमाणपत्र सही भएको प्रतिवेदन बुझाइन् । अहिले सिआइसीका कमिस्नर श्रीधर आचार्यले अनुसन्धान हुनुपर्ने बताएका छन् ।
सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) बाट लोकसभा चुनावमा उम्मेदवारी दिँदा मोदीले आफू दिल्ली विश्वविद्यालयको विद्यार्थी भएको उल्लेख गरेका थिए । उनले उम्मेदवारी फर्म भर्दा सन् १९७८ मा स्नातक र १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए पास गरेको उल्लेख गरेका थिए । मोदीलाई दिल्ली विश्वविद्यालयले एक वर्षपछि प्रमाणपत्र दिएको थियो ।
केजरिवालले मोदीलाई किन एक वर्षपछि प्रमाणपत्र दिइएको भनी प्रश्न उठाएका छन् । ‘पास भएको एक वर्षपछि प्रमाणपत्र किन आवश्यक पर्यो ? विद्यार्थीले पास भएकै वर्ष प्रमाणपत्र पाउनुपर्ने थियो,’ केजरिवालले भने, ‘यसकारण हामीलाई मोदीको प्रमाणपत्रप्रति शंका लागेको हो ।’ सिआइसीले सन् १९७८ मा स्नातक तह उत्तीर्ण गरेका सबै विद्यार्थीको तथ्यांक दिल्ली विश्वविद्यालयसँग माग गरेको छ । मोदीले स्नातक तह पास गरेको वर्षमा विश्वविद्यालयमा दुई लाख विद्यार्थी अध्ययनरत थिए ।
विश्वविद्यालयले सिआइसीलाई सबै विद्यार्थीका तथ्यांक आफूहरूसँग नभएको जानकारी दिएको छ । ‘हामीसँग त्यस वर्ष पास भएका सबै विद्यार्थीको सम्पूर्ण तथ्यांक छैन,’ दिल्ली विश्वविद्यालयले सोमबारै सिआइसीलाई जवाफ फर्काउँदै भन्यो, ‘कुन छात्र वा छात्राले कति नम्बर ल्याए, त्यसको सम्पूर्ण विवरण हामीसँग छैन ।