भारतीय परराष्ट्रमन्त्री एस र चिनियाँ विदेश मंत्रीबीच मस्कोमा महत्वपूर्ण बैठक हुने
Thursday, September 10th, 2020, 3:40 pm
amit
एजेन्सी, २५ भदौ । भारत र चीनबीच सीमा विवादका कारण जारी तनावका बीच बिहीबार (आज) भारतीय परराष्ट्रमन्त्री एस जयशंकर र चिनियाँ विदेश मंत्री वांग यीबीच मस्कोमा महत्वपूर्ण बैठक हुने भएको छ।
बिबिसीका अनुसार दुई नेता हाल सांघाई सहयोग संगठनको बैठकका लागि मस्कोमा छन् भने दुई नेताहरूले आजै भेट गर्ने बताइएको छ। यद्यपि रूसी विदेश मन्त्री पनि यस समयमा उपस्थित हुन सक्नेछ।
भारत–चीन सीमामा लाइन अफ एक्चुअल कन्ट्रोलमा जारी तनावका बीच दुबै नेताहरूको यो बैठक अत्यन्त महत्त्वपूर्ण भएको बताएका छन्।
त्यस्तै सोमबार उक्त लाइन अफ एक्चुअल कन्ट्रोलमा पूर्वी लद्दाखका चुसुल सेक्टरको मखपुरी टपको नजिकै चिनीया सेना र भारतीय सेनाबीच झडप भएको थियो।
झडपको तीन दिन अघि मात्रै भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनीयाँ विदेशमन्त्री वेई फेंगेबीच भेटघाट भएको थियो। उक्त भेटघाटमा भारतीय रक्षामन्त्री सिंहले संसारमा एक अर्कासँग भरोसा, सहयोग र अन्तर्राष्ट्रिय कानुनको सम्मान तथा एक अर्काप्रति संवेदनशील भई मतभेदलाई शान्तिपूर्ण तरिकाले सुल्झाउनुपर्ने बताएका थिए।
गएको जुन १४ मा भारत–चीन सीमामा रहेको गालवन घाटीमा दुई देशका सैनिकबीच झडप भएको थियो। उक्त झडमा भारतका २० भन्दा बढी सैनिकले ज्यान गुमाएका थिए। उक्त झडपपछि पनि यी दुई देशबीच पटक पटक मुठभेडको अवस्था सिर्जना हुन सक्ने अवस्था बनिरहेको छ।
यद्यपि हालसम्म भने त्यसयता कुनै ठूलो अप्रिय घटना भएको छैन। दुई देशले झडप हुनु र सौहार्द वातावरण नहुनुमा एक अर्कालाई दोषारोपण गरिरहेका छन्।